१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कैलाश गुफाको कथा [भिडियो]

अनौठो कैलाश गुफा
बसन्तप्रताप सिंह

बझाङ — हिउँले सेताम्मे परेका हिमाल, हरियाली पाखापखेरा, डाँडाकाँडा अनि भीरपहारा हाम्रो देशलाई चिनाउने अनुपम प्राकृतिक सौन्दर्य हुन् ।

कैलाश गुफाको कथा [भिडियो]

यस्तै प्राकृतिक सौन्दर्यको एक गतिलो उदाहरण हो, बझाङको जयपृथ्वी नगरपालिकामा अवस्थित कैलाश गुफा । यो गुफा धार्मिक, सांस्कृतिक र पर्यटकीय सम्भावनाको धरोहर पनि मानिन्छ। यहाँबाट बझाङ, बाजुरा, डोटी, अछाम र डडेलधुराको रोमाञ्चक दृश्यपान गर्न सकिन्छ ।


यो गुफा विशेषगरी धर्मकर्ममा विश्वास राख्ने बझाङ र छिमेकी जिल्लाका तिर्थालुका लागि पुण्य‌ आर्जन गर्ने पवित्र तीर्थस्थलका रुपमा परिचित छ ।

समुन्द्री सतहदेखि करिब ३ हजार ५ सय मिटरको उचाईमा रहेको गुफाको बनोट हेर्दा परापूर्वकालमा मानिसहरुले बस्न प्रयोग गरेको स्थान हुनसक्ने अनुमान गर्न सकिन्छ ।


भुलभुलैया जस्तो लाग्ने यो गुफाको अलौकिक र रहस्यमय दृश्यबारे हालसम्म कसैले अध्ययन गरेका छैनन् । आश्चर्यजनक गुफा र कुवा भएको यो क्षेत्र देशकै उत्कृष्ट धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिने सम्भावना भए पनि प्रचारप्रसार र प्रवर्द्धनमा कसैले चासो नदिएको स्थानीयको गुनासो छ ।

प्रकाशित : श्रावण २९, २०७५ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?