कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

लामखुट्टे मार्दै नगरपालिका

मनोज पौडेल

कपिलवस्तु — लामखुट्टेका कारण रातभरि सुत्न नसेकेको र रोगव्याधी बढेको गुनासो नगरवासीले गरेपछि कपिलवस्तु नगरपालिकाले लामखुट्टे मार्न भारतबाट १२ लाखको  ‘फगिङ्ग मेसिन’ भित्र्याएको छ । बजार क्षेत्रमा २ दिन बिराएर औषधि छर्कन थालेपछि लामखुट्टे निक्कै कम भएको नगरपालिकाले जनाएको छ । 

लामखुट्टे मार्दै नगरपालिका

गाडीमा मेसिन राखेर मुख्य बाटो र सहायक बाटोमा धुवाँ फाल्ने गरिन्छ । हावामा औषधियुक्त धुवाँ मिसिएर पुग्ने ठाउँका लामखुट्टे मर्ने गर्छन् । ‘यो प्रविधिबाट लामखुट्टे कम गर्ने प्रयोग नेपालमै पहिलो पटक कपिलवस्तु नगरपालिकाले गरेको हो’ मेयर किरण सिंहले भने, ‘यसको प्रभाव निक्कै राम्रो छ ।’ उनले २ सातायतादेखि लामखुट्टेको गुनासो नआएको बताए ।

१२ वडामध्ये १ र ४ को पुरै बस्ती सहरी क्षेत्र हो । वडा नं. ३ को आधी बस्ती पनि बजार हो । गाडी पुगे कुना काप्चासम्म पनि औषधि छर्केने गरिएको नगरपालिकाले जनाएको छ ।


‘अत्यधिक लामखुट्टे लागेर साँझ परेपछि घर बस्नै नहुने अवस्था हुन्थ्यो । तर, अब निक्कै सजिलो भएको छ’ कपिलवस्तु नगरपालिका ५ तिलौरीकी सुरक्षा गिरीले भनिन् ।


नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमलराज आर्चायले २ घण्टामा ८ हजार खर्च हुने जानकारी दिए ।


मुख्यत: २ हजार लिटर पर्ने केमिकल नै लामखुट्टे मार्ने औषधि हो । मेसिनसँग रहेको टयाङ्कीमा ५० लिटर डिजल, १० लिटर पेट्रोल, ५० लिटर पानी र २ सय मिलिलिटर केमिकल राखेर औषधि बनाइन्छ । यो औषध कम्तीमा पनि लगातार २ घण्टासम्म छर्कन सकिन्छ । मिसाइल छोडेजस्तै मेसिनबाट धुवाँ निस्कन्छ । त्यही धुवाँ जमिन, कुनाकाप्चा र घरवरपर पुग्दा लामखुट्टे भटाभट मर्ने गरेका छन् ।


प्रकाशित : भाद्र १, २०७५ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?