कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन

काठमाडौँ — कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरीको बलात्कारपछि हत्या गर्नेको सही पहिचान गरी कारबाही गर्न माग गर्दै माइतीघर मण्डलामा सर्वसाधारणले स्वतस्फूर्त शान्तिपूर्ण प्रदर्शनी गरेका छन् । प्रदर्शनमा विभिन्न पेशाकर्मी, राजनीतिकर्मी, पत्रकार, शिक्षक, विद्यार्थीको सहभागिता थियो ।

माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन

निर्मलाका निम्ति न्याय जनताको भेला लेखिएको व्यानर तथा विरोध जनाउने प्लेकार्ड बोकेर प्रदर्शन गरे । नागरिकहरुको स्वतस्फूर्त सहभागितामा मण्डलादेखि वानेश्वरसम्म शान्तिपूर्ण र्‍याली आयोजना गरे । र्‍यालीका क्रममा विरोध स्वरुप सिल्पी थिएटरले सडकनाटक समेत प्रदर्शन गरेको छ ।


प्रकाशित : भाद्र ९, २०७५ १४:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?