१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

धुमधाम तीज

काठमाडौँ — नेपाली नारीहरूको महान् पर्व हरितालिका तीज देशभर भव्यताका साथ मनाइएको छ । काठमाडौंमा पशुपतिनाथ, विभिन्न मठ मन्दिर तथा शक्तिपिठहरुमा भगवान शिवको पुजाआरधना र नाचगान गरी मनाइएको छ ।  

धुमधाम तीज

विवाहित महिलाहरुले पतिको दीर्घायु, सुस्वास्थ्य तथा अविवाहित महिलाहरुले असल पति प्राप्त होस् भनि व्रत बस्ने पुजापाठ गर्ने र नाचगान गरी यो पर्व मनाउने चलन छ ।

भाद्र शुक्ल द्वितिया देखि पञ्चमीका दिनसम्म मनाइने यो पर्वलाई नारीहरुले स्वतन्त्र र आनन्दमयको अवसरमा मनाउने गर्छन् ।

पार्वतीले शिवजी पति पाउँm भनी निराहर व्रत बसेकै कारण पाएको विश्वास अनुसार हरेक वर्ष यो पर्व मनाइदै आएको जानकारहरु बताउँछन् ।


प्रकाशित : भाद्र २७, २०७५ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?