अन्धविश्वासलाई तोड्ने अभियानमा बझाङी चेली

विद्या राई

काठमाडौँ — सदुरपश्चिमको बझाङ हिमालै हिमालले घेरिएको जिल्ला हो ।धेरै हिमाल भएपनि आरोहण गर्ने आँट कसैले गरेका छैनन् ।

अग्ला स्थान र टाकुराहरुमा देवता बस्छन् भन्ने मान्यताका कारण यहाँका हिमालमा कसैले आरोहण गरेका छैनन्। देवीकी आत्मा भएको स्थानमा जिवित देवी जाँदा अछुत हुन्छ भन्ने मान्यता छ।

Yamaha

महिनावारी भएका महिला अथवा उनीसँग लसपस भएको पुरुषले हिमालको आसपास पुगे मात्रै पनि विराजमान देवता रिसाउँछन् र घरपरिवारमा ठूलै अनिष्ट हुन्छ भन्ने अन्धविश्वास रहेको छ। यही मानसिकताले गर्दा हिमालको सौन्दर्यले मन्त्रमुग्ध भए पनि स्थानीयले चढ्ने साहस गर्दैनन्।

आजसम्म टिकेको यो अन्धविश्वासलाई तोड्ने अभियानमा जुटेका छन्, बझाङका चार चेलीहरु २१ वर्षीया सरस्वती थापा,२६ वर्षीयालक्ष्मी बुढा, २० वर्षीया संगिता रोकाया र पवित्रा बोहरा।

हिजोआज हिमाल चढ्ने कुरा सामान्य भइसक्यो। तर यी चार चेलीले बझाङबाट काठमाडौंसम्म आइपुग्दा तीतामिठा थुप्रै कठिनाइ झेले। गएको चैतमा समुन्द्री सतहदेखि ४१०० मिटर उचाइमा रहेको साइपाल आधार शिविर जाने दिन गाउँमा रुवाबासी चल्यो।

अन्धविश्वासले गाँजिएको समाजका अगाडि छोरीले पनि अवसर पाए चुनौती चिर्दै सफलताको शिखर चुम्न सक्छन् भन्ने देखाउनु चारैजनाको संकल्प हो।

यसअघिसम्म नेपाल पर्यटन विभागको आधिकारिक जानकारीमा सरकारको इजाजत लिएर कसैले पनि साइपाल आरोहण गरेका छैनन् । दक्षिणी मोहडाबाट साइपाल चढ्न निकै गाह्रो रहेको लेखहरूमा पढ्न पाइन्छ ।

यही मोहडाबाट साइपाल चढ्ने चेलीहरूले हिम्मत कसेका छन्। मिसन सफल भएमा उनीहरू आधिकारिक रूपमा साइपाल चढ्ने पहिलो त हुने नै छन् । हिमाल आरोहणको ढोका उघार्ने पहिलो बझाङी पनि हुनेछन् ।

उनीहरु यहि अक्टोबर १७ मा बेसक्याम्प जानेछन् र साइपालमा ३५ दिन बिताउँनेछन्। उनीहरुको बारेमा ‘मिशन साइपाल’ फिल्म पनि बन्दैछ। जसले देश–विदेशमा प्रचारप्रसार गर्न सघाऊ पुर्‍याउनेछ। रारा फिल्मस्ले समन्वय गरिरहेको छ।

प्रकाशित : आश्विन २, २०७५ १९:०३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रदेश सरकारका मन्त्री नै संविधान विरोधी 

सन्तोष सिंह

जनकपुर — जितेन्द्र सोनल प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री हुन् । मधेसवादी दल राष्ट्रिय जनता पार्टी(राजपा)का महामन्त्री सोनललाई संविधानको विरोधमा आयोजित कालो दिवसका लागि पार्टीले सप्तरीको कमान्ड सुम्पेको छ ।

प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनल । तस्बिरः सन्तोष सिंह / कान्तिपुर

सोमबार उनलाई भेट्न सिंचाइका प्राविधिक र कर्मचारीको मन्त्रालयमा ताँती लागेको थियो। मन्त्री सोनल भने कालो दिवसको तयारीमै व्यस्त थिए।

मन्त्रालयको कार्यकक्षबाटै मन्त्री सोनलले संविधान विरोधी गतिविधि गर्न फोनमा नेता/कार्यकर्तालाई दिइरहेको निर्देशन सुनेर उनलाई भेट्न गएका कर्मचारी छक्क परे।

मन्त्री सोनलले कमान्ड सम्हालेको सप्तरीका राजपाका नेता/कार्यकर्तालाई विरोध र्‍याली र मंगलबार साँझको ब्लायक आउट सफल बनाउन तारन्तार फोन गरिरहेका थिए।

संविधान दिवसको अवसरमा कालो दिवस भन्दा संविधानमा रहेको असहमति दर्ज गर्न खोजेको मन्त्री सोनलले बताए। ‘मधेसी र मधेसलाई संविधान स्वीकार्य छैन, ’ मन्त्री सोनलले भने, ‘असोज ३ गते हातमा कालोपट्टि र टाउकोमा कालो कपडा बाँधेर संविधानमा विरोध दर्ज गराउने छौँ।’

मन्त्री सोनल भने संविधान जारी भएको दिन सुनौलो दिन रहेको स्वीकार गर्छन्। तर फेरि भन्छन्, ‘संविधान जारी भएको दिन हामीलाई जेलमा कोच्यो,’ सोनलले भने, ‘हातमा हतकडी लागेको दिन हाम्रो लागि सुनौलो भएन। कालो दिन बनाइयो।’ उनले मधेसीको हक अधिकारका लागि मन्त्री भएपनि आन्दोलनमै रहेको दाबी गरे।

प्रकाशित : आश्विन २, २०७५ १८:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT