कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

अन्धविश्वासलाई तोड्ने अभियानमा बझाङी चेली

विद्या राई

काठमाडौँ — सदुरपश्चिमको बझाङ हिमालै हिमालले घेरिएको जिल्ला हो ।धेरै हिमाल भएपनि आरोहण गर्ने आँट कसैले गरेका छैनन् ।

अन्धविश्वासलाई तोड्ने अभियानमा बझाङी चेली

अग्ला स्थान र टाकुराहरुमा देवता बस्छन् भन्ने मान्यताका कारण यहाँका हिमालमा कसैले आरोहण गरेका छैनन् । देवीकी आत्मा भएको स्थानमा जिवित देवी जाँदा अछुत हुन्छ भन्ने मान्यता छ ।


महिनावारी भएका महिला अथवा उनीसँग लसपस भएको पुरुषले हिमालको आसपास पुगे मात्रै पनि विराजमान देवता रिसाउँछन् र घरपरिवारमा ठूलै अनिष्ट हुन्छ भन्ने अन्धविश्वास रहेको छ । यही मानसिकताले गर्दा हिमालको सौन्दर्यले मन्त्रमुग्ध भए पनि स्थानीयले चढ्ने साहस गर्दैनन् ।


आजसम्म टिकेको यो अन्धविश्वासलाई तोड्ने अभियानमा जुटेका छन्, बझाङका चार चेलीहरु २१ वर्षीया सरस्वती थापा,२६ वर्षीया लक्ष्मी बुढा, २० वर्षीया संगिता रोकाया र पवित्रा बोहरा ।


हिजोआज हिमाल चढ्ने कुरा सामान्य भइसक्यो । तर यी चार चेलीले बझाङबाट काठमाडौंसम्म आइपुग्दा तीतामिठा थुप्रै कठिनाइ झेले । गएको चैतमा समुन्द्री सतहदेखि ४१०० मिटर उचाइमा रहेको साइपाल आधार शिविर जाने दिन गाउँमा रुवाबासी चल्यो ।

अन्धविश्वासले गाँजिएको समाजका अगाडि छोरीले पनि अवसर पाए चुनौती चिर्दै सफलताको शिखर चुम्न सक्छन् भन्ने देखाउनु चारैजनाको संकल्प हो ।

यसअघिसम्म नेपाल पर्यटन विभागको आधिकारिक जानकारीमा सरकारको इजाजत लिएर कसैले पनि साइपाल आरोहण गरेका छैनन् । दक्षिणी मोहडाबाट साइपाल चढ्न निकै गाह्रो रहेको लेखहरूमा पढ्न पाइन्छ ।

यही मोहडाबाट साइपाल चढ्ने चेलीहरूले हिम्मत कसेका छन् । मिसन सफल भएमा उनीहरू आधिकारिक रूपमा साइपाल चढ्ने पहिलो त हुने नै छन् । हिमाल आरोहणको ढोका उघार्ने पहिलो बझाङी पनि हुनेछन् ।


उनीहरु यहि अक्टोबर १७ मा बेसक्याम्प जानेछन् र साइपालमा ३५ दिन बिताउँनेछन् । उनीहरुको बारेमा ‘मिशन साइपाल’ फिल्म पनि बन्दैछ । जसले देश–विदेशमा प्रचारप्रसार गर्न सघाऊ पुर्‍याउनेछ । रारा फिल्मस्ले समन्वय गरिरहेको छ ।

प्रकाशित : आश्विन २, २०७५ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?