१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

कौसी खेती

विद्या राई

काठमाडौँ — कुनै बेला राम्रो कृषि उत्पादन हुने काठमाडौं उपत्यका अहिले घरैघरले भरिएको छ । खाली जग्गा पाउन मुस्किल छ । खेती गरी जीविका चलाउँछु भन्दा जग्गा पाइने अवस्था छैन ।

कौसी खेती

बजारमा तरकारीको भाउ पनि बढेको बढ्यै छ । त्यही पनि स्वस्थ्यकर हुदैन । यस्तो बेला विकल्प बनेको छ ‘कौसी खेती’ ।

रातोपुलका ६७ वर्षीय दिलीप श्रेष्ठ यस्को उदाहरणीय पात्र हुन् । २० वर्ष नेपाल खाद्य संस्थानमा सेवा गरेर स्वैच्छिक अवकाश लिएका उनको दिनचर्या अचेल तरकारी खेती रेखदेखमै बित्छ । १५ वर्षअघि अवकाश लिएका उनले कौसी खेती थालेको भने दुई दशक भैसक्यो ।

उनी मात्र होइन, काठमाडौंमा कौसी खेती गर्नेको संख्या बढ्दो छ । नयाँ घरहरूमा त यसका लागि छुट्टै ठाउँ बनाउन थालिएको छ ।

कौसी खेतीले अर्गानिक तरकारी मात्र दिएको छैन । भान्साको फोहोर घरैमा उपयोग भएको छ ।

यो लिंक पनि हेर्नुहोस् ।

- कौसी कौशल ।

प्रकाशित : आश्विन ५, २०७५ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?