१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

महानगरको धुलो पखाल्ने जेट मेसिन प्रयोगमा आएन

विद्या राई

काठमाडौँ — काठमाडौं महानगरपालिकाले सडकको धुलो पखाल्न जेट मेसिन खरिद गरेको डेढ महिना भइसक्दा पनि प्रयोगमा भने ल्याएको छैन। 

महानगरको धुलो पखाल्ने जेट मेसिन प्रयोगमा आएन

खरिद प्रक्रियापछिका केही आन्तरिक काम बाँकी रहेकाले सञ्चालनमा ल्याउन नसकेको वातावरण विभागका प्रमुख हरि कुँवरले दाबी गरे । ‘आन्तरिक परिक्षण तथा चेक भैरहेकोले आकस्मिक बाहेक पूर्ण रुपमा प्रयोगमा ल्याइएको छैन,’ उनले भने ।


महानगरपालिकाले पाँचवटा जेट मेसिन ल्याएको छ । बिमस्टेकको बेला दुईवटा प्रयोगमा ल्याएको थियो । ती मेसिन महानगरको वातावरण विभाग परिषरमा छन् । अन्य तीनवटा मेसिन सभागृहको पार्किङमा थन्काइएका छन् । अत्याधिक धुलोका कारण महानगर अस्तव्यस्त भएपछि जेट मेसिन थप गरिएको भएपनि दैनिक प्रयोगमा ल्याइएको छैन ।


जेट मेसिन १३० हर्सपावर, ५ हजार लिटर क्षमता र यूरो मापदण्ड ४ अनुसारका छन् । ती मेसिनमा ५ हजारमध्ये ४ हजार लिटर सफा पानी र १ हजार लिटर ढलको फोहोर पानी अट्ने छुट्टाछुट्टै ट्यांकी छन् ।


जेट मेसिनले थुनिएको ढल खोल्ने काम पनि गर्छन् । जेटमा भएको स्प्रे गनले विरुवामा भएको धुलो पखाल्न तथा सडक आसपास क्षेत्रमा सफा गर्न सकिन्छ । हाल महानगरसँग पुराना चार र नयाँ पाँच गरी नौवटा जेट मेसिन छन् ।





प्रकाशित : आश्विन ११, २०७५ २१:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?