कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओझेलमा पूर्वको मनकामना

दीपेन्द्र शाक्य

संखुवासभा — खाँदबारी बजारबाट करिब १३ किमि दक्षिणस्थित मनकामनाधाम ओझेलमा परेको छ । प्रचार प्रसार र संरक्षणमा कसैले चासो नदिँदा पूर्वको मनकामना ओझेलमा परेको हो । 

ओझेलमा पूर्वको मनकामना


पूर्वको मनकामनाका रुपमा परिचित यो धाममा पूजाआजा गरे मनोकांक्षा पूरा हुने विश्वास छ । यहाँबाट मकालु हिमाल स्पष्ट देखिन्छ । मनकामना क्षेत्र आएर पर्यटकले अरुण नदीमा र्‍याफ्टिङ गरी मज्जासमेत लिन्छन् । पछिल्लो समय मन्दिरमा पूजा गर्ने र वनभोज जानेहरुको संख्या बढ्न थालेको स्थानीयको भनाइ छ ।

यातायातमा सदरमुकाम खाँदबारीबाट ३० मिनेटमा पुगिन्छ भने पैदलयात्रीलाई डेड घण्टा लाग्छ । यो क्षेत्र विश्वकै होचो अरुण उपत्यका (४५७ मिटर) मा पर्छ ।

तुम्लिङ्गटार विमानस्थलबाट ३ किलोमिटर पश्चिममा रहेको मनकामना मन्दिरसम्म पुग्न स्थानीयको प्रयासमा मन्दिरलाई सडकले जोडिएको छ । जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य पूर्वको मनकामना मन्दिरलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने बताउँछन् । उनले भने, ‘यो क्षेत्रलाई विकास गरेमा आन्तरिक र बाह््य पर्यटकको संख्या बृद्धि हुनेछ ।’ जिल्ला समन्वय समिति र खाँदबारी नगरपालिकाले यो क्षेत्रको विकास र पर्यटक बढाउने प्रयास गरिरहेको उनले बताए ।

यो पटक खाँदबारी नगरपालिकामा मनकामनाको विकासका लागि ५० लाख बजेट छुटाइएको पनि शाक्यले बताए ।


प्रकाशित : आश्विन २१, २०७५ २१:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?