एम्ब्रेयर जेटको सगरमाथा यात्रा

कान्तिपुर संवाददाता

काठमाडौँ — डेढ सयसम्म सिट क्षमताका कमर्सियल जेट विमान उत्पादनमा अग्रस्थानमा रहेको ब्राजिलको एम्ब्रेयर कमर्सियल एभिएसनको पछिल्लो संस्करण इ१९०–इटू (इआरजे) विमानले नेपालमा आफ्नो पहिलो उडान गरेको छ । 

एम्ब्रेयर जेटको सगरमाथा यात्रा

स्विजरल्याण्डबाट भारत हुँदै शुक्रबार काठमाडौं आइपुगेको एम्ब्रेयर जेट विमानले सोमबार काठमाडौंबाट पर्वतीय उडान गरेको थियो । काठमाडौंबाट उडेको उक्त डेमो उडान ४० मिनेटको थियो । सगरमाथा हिमाललाई उत्तरतिर पारेर फन्को लगाउँदै विमान पुनस् काठमाडौं नै अवतरण गराइएको थियो । उक्त उडानमा नेपाली उड्डयन क्षेत्रसँग सम्वन्धित व्यवसायी, पाइलट, इन्जिनियर, प्राविधिक लगायत ८६ यात्रु थिए ।

युरोप टूर सकेर एशिया प्यासिफिक टूरकालागि पहिलो गन्तव्य नेपाललाई बनाएको एम्ब्रेयरले आफ्नो विमानलाई काठमाडौंबाट सोमबारै म्यानमारतर्फ उडाएको छ । म्यानमारपछि यो विमान कोरिया, जापान हुँदै अष्ट्रेलिया पुगेर आफ्नो टूर समापन गर्ने छ ।

प्रकाशित : आश्विन २२, २०७५ २२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?