कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

श्रीपेच र राजदण्ड सार्वजनिक प्रदर्शनीमा

कान्तिपुर संवाददाता

काठमाडौँ — शाह राजाहरुको शक्तिको प्रतिक श्रीपेच र राजदण्ड सोमबारदेखि सार्वजनिक प्रदर्शनीमा राखिएको छ । नारायणहिटी दरबार संग्रहालयमा उक्त श्रीपेच र राजदण्ड प्रदर्शनीमा राखिएको हो । श्रीपेच बहुमूल्य रत्न र धातुबाट बनाइएको छ ।

श्रीपेच र राजदण्ड सार्वजनिक प्रदर्शनीमा

जनआन्दोलनको बलबाट स्थापित संविधान सभाले मुलुकलाई गणतन्त्र घोषणा गरेपछि तत्कालीन राज ज्ञानेन्द्र शाहले श्रीपेच र राजदण्डसहित राजकीय अवसरमा प्रयोग गर्ने सामाग्रीहरु नेपाल सरकारलाई हस्तान्तरण गरेर दरबार छाडेका थिए ।

प्रकाशित : कार्तिक ६, २०७५ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?