सन्थालको दसैं नृत्य 

जितेन्द्र साह

मोरङ — निधारमा रातो टीका लगाएका र शिरमा जमरा सिउरेका आदिवासी । वरिपरि लोकनृत्यको गुञ्जन । शक्तिपीठमा श्रद्धालुको ओइरो। भर्खरै हालिएका टहरामा समोसा, कचौरी, छोला, प्याजी, पकौडा, मिठाईको आनन्द लिँदै गाउँले ।

मोरङका दक्षिणपूर्वी गाउँहरूमा विजया दशमी र एकादशीमा लाग्ने मेलामा यस्ता दृश्य सामान्य बन्छन्। ‘हामीले थाहा पाएदेखि दसैंमा मौलिक वेशभूषामा परम्परागत बाजा बजाउँदै र नाच्दै आएका छौं,’ ४५ वर्षीय वीरेन्द्र मुरमुरले भने।

Citizen

जहदा गाउँपालिका–४, रामचोकस्थित दुर्गा मन्दिर अघिल्तिर एकादशी मेलामा मुरमुर आदिवासी सन्थाल समूहको नेतृत्व गर्दै लोकनृत्य प्रस्तुत गरिरहेका थिए। जहदा–२, भीमपुर बेरियाका मुरमुर पेसाले सवारीचालक भए पनि दसैंमा गाउँ आएकै हुन्छन् ।

प्रकाशित : कार्तिक ६, २०७५ १७:३७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नेताहरुकै कारण भ्रष्टाचार मौलायो : नेता नेपाल

दुर्गालाल केसी

दाङ — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेताहरुकै कारण भ्रष्टाचार मौलाएको बताएका छन् । 

दाङको घोराहीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल । तस्बिर : दुर्गालाल केसी/कान्तिपुर ।

नेकपा दाङले मंगलबार घोराहीमा दसैं, तिहार, छठ र नेपाल संवतको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता नेपालले भ्रष्ट कर्मचारीहरुलाई नेताहरुले संरक्षण गरेका कारण देशमा सुशासन स्थापना गर्न कठिन भएको बताए।

‘यहाँ कर्मचारीहरुलाई अनेक वाहना गरेर पैसा खाने बानी लागेको छ। पैसा नपाई यताको फाइल उता नसार्ने प्रवृत्ति छ। उनीहरु एक्लै त्यस्तो गर्न सक्दैनन्,’उनले भने,‘राजनीतिक नेताहरुबाट संरक्षित नभएसम्म कर्मचारी एक्लैले यस्तो गर्न आँट गर्दैनन्। भ्रष्टाचारीलाई नेताहरुको संरक्षण छ। देश बिग्रेको भ्रष्टाचार र देशभक्तीको भावनाको कमीले हो।’

कर्मचारीले काम नगरेका कारण कानून निर्माण र कार्यान्वयनमा ढिला भएको उनले बताए।‘कर्मचारीहरु अल्छी छन्। काम राम्ररी गर्दैनन्,’उनले भने,‘त्यस्ता गलत कामलाई नेताहरुले संरक्षण गर्ने विकृति छ।’ भ्रष्टाचार रोक्न सरकारले कडा कदम चाल्नुपर्ने उनले बताए।

जनतामा ठूलो आशा भएकाले सरकारले सोही अनुसार काम गर्नुपर्ने धारणा नेता नेपालले व्यक्त गरे। नेकपाले १० बर्षसम्म सरकार चलाउने गरी काम गर्नुपर्ने उनले बताए।

‘जनताका भावनालाई समेटेर काम गर्नुपर्छ। जनताले दिएको मतको सम्मान गर्नुपर्छ,’उनले भने,‘जनताले झण्डै दुई तिहाई बहुमत दिएका छन्। यो मतले देशमा सुशासनको माग गरेको छ तर हाम्रो देशमा अहिले विकासको गति अलपत्र छ।’

प्रकाशित : कार्तिक ६, २०७५ १७:२०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT