सन्थालको दसैं नृत्य
मोरङ — निधारमा रातो टीका लगाएका र शिरमा जमरा सिउरेका आदिवासी । वरिपरि लोकनृत्यको गुञ्जन । शक्तिपीठमा श्रद्धालुको ओइरो। भर्खरै हालिएका टहरामा समोसा, कचौरी, छोला, प्याजी, पकौडा, मिठाईको आनन्द लिँदै गाउँले ।
मोरङका दक्षिणपूर्वी गाउँहरूमा विजया दशमी र एकादशीमा लाग्ने मेलामा यस्ता दृश्य सामान्य बन्छन् । ‘हामीले थाहा पाएदेखि दसैंमा मौलिक वेशभूषामा परम्परागत बाजा बजाउँदै र नाच्दै आएका छौं,’ ४५ वर्षीय वीरेन्द्र मुरमुरले भने ।
जहदा गाउँपालिका–४, रामचोकस्थित दुर्गा मन्दिर अघिल्तिर एकादशी मेलामा मुरमुर आदिवासी सन्थाल समूहको नेतृत्व गर्दै लोकनृत्य प्रस्तुत गरिरहेका थिए । जहदा–२, भीमपुर बेरियाका मुरमुर पेसाले सवारीचालक भए पनि दसैंमा गाउँ आएकै हुन्छन् ।
प्रकाशित : कार्तिक ६, २०७५ १७:३७