कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

गोर्खा सैनिकमाथिको विभेद अन्त्य गर्न गेसोको माग

कान्तिपुर संवाददाता

काठमाडौँ — गोर्खा सैनिकमाथिको विभेद अन्त्यका लागि वार्ता टोली गठन गरेर चाँडै कूटनीतिक पहल गर्न गोरखा भूतपूर्व सैनिक सङ्घ (गेसो)ले माग गरेकाे छ । पत्रकार सम्मेलनमा अायाेजना गरेर गेसोका सभापति कृष्णकुमार राईले नेपाल र बेलायत सरकार तथा गोर्खा सैनिकबीचको सहमतिअनुसार वार्ता समिति बनाउन ढिला गरेकोमा आपत्ति जनाउँदै तत्काल कूटनीतिक पहल थाल्न नेपाल सरकारसँग माग गरेका छन्। 

गोर्खा सैनिकमाथिको विभेद अन्त्य गर्न गेसोको माग
यसअघि गेसोकै आन्दोलनबाट युद्धबन्दीलाई क्षतिपूर्ति, कार्यपूर्ति, कार्यरतलाई सम्मान पेन्सन, आवासीय भिसालगायत उपलब्धि भएको सभापति राईको दाबी थियो।

अहिलेको आन्दोलन सन् १९९७ भन्दा अघिका गोर्खा सैनिकका हितका लागि निरन्तरता दिँदै आएको छ। सन् १९९७ पछिका सबै गोर्खा सैनिकलाई भने बेलायती सैनिकसरह सुविधा बेलायत सरकारले दिइसकेको छ।बेलायतमा गोर्खा सैनिक करीब २० हजारको संख्यामा रहेका छन्।

प्रकाशित : कार्तिक १५, २०७५ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?