गंगासागरमा छठको उल्लास

कान्तिपुर संवाददाता

जनकपुर — छठ पर्वमा मंगलबार अस्ताउँदो सूर्यको पूजा गरिएको छ । आइतबार सुरु भएको चार दिवसीय महापर्व बुधबार बिहान उदाउँदो सूर्यलाई अर्घ प्रदान गरी सम्पन्न हुनेछ ।

जनकपुरका गंगासार नदीमा धेरैले अस्ताउँदो सूर्यलाई अर्घ प्रदान गरेका छन् । चारैतर्फ पक्की घाट भएकोले श्रद्धालुहरुको पहिलो रोजाई गंगासागर हुने गरेको छ।

सुस्वास्थ्य, दीर्घजीवन, सन्तान प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि प्रत्येक वर्ष कार्तिक शुक्ल षष्टी र सप्तमीको दिन छठ मान्ने चलन छ ।

Yamaha

प्रकाशित : कार्तिक २७, २०७५ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

छठ मनाउन हिडेँकी बालिकाको दुर्घटनामा मृत्यु

कान्तिपुर संवाददाता

दमक — परिवारसँग छठ पूजा गर्न नदीतर्फ जाँदै गर्दा मंगलबार बेलुका झापाको भद्रपुरमा ट्रयाक्टरले किचेर एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भद्रपुर नगरपालिका ५ पोखरीटोलका धिरज यादवकी ६ वर्षीया छोरी राशी रहेकी छन् ।

राशीका बुबा धिरज र आमा राखी यादवसँगै छठ पुजा गर्न मे १ त ५२३२ नम्बरको ट्रायाक्टरमा चढेर मेची नदीतर्फ जाँदै थिइन् । बेलुका ४ बजेतिर मेची नदीको पुलमा चढ्ने क्रममा राशी ट्रयाक्टरबाट खसेकी थिइन् ।

उनलाई सोही ट्रायाक्टरको चक्काले किचेको थियो । चक्काले किचेर गम्भीर घाइते भएकी बालिकाको मेची अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।

प्रकाशित : कार्तिक २७, २०७५ २०:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT