चिटिक्क इचंगु नारायण [भिडियाे]

विद्या राई

काठमाडौँ — उपत्यकाका चार नारायण मध्येको इचंगु नारायण । यो काठमाडौंको पश्चिमोत्तर नागार्जुन वनको दक्षिणी काखमा पर्छ । देश तथा विदेशका सन्त, भक्तजनहरु मनोकांक्षा पुरा गर्ने उद्देश्यले पुजाआजा गर्न आउँछन् ।

कृष्ण अष्टमी, रामनवमी र विभिन्न एकादशीका अवसरमा भक्तजनहरुको घुइँचो लाग्छ।हरिबोधनी एकादशी पुजा तयारीको लागि सजावट र सरसफाई गरेर चिटिक्क पारिएको छ।वर्षैपिच्छे विजयादशमीपछिको कोजाग्रत पूर्णिमादेखि एक महिनासम्म विशेष मेला लाग्छ।

Yamaha

प्रकाशित : मंसिर २, २०७५ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पीडकहरूलाई बचाउने षडयन्त्रप्रति सचेत हुन अपिल

कान्तिपुर संवाददाता

काठमाडौँ — मानव अधिकारकर्मीहरूले १० वर्षे सशस्त्र द्वन्द्वका पीडकहरूलाई बचाउने र पीडितहरूलाई अझ निस्तेज पार्ने षडयन्त्र भइरहेको दाबी गर्दै त्यसप्रति सचेत हुन संसद, मानव अधिकार आयोग, नागरिक समाजलगायतलाई आग्रह गरेका छन् ।

२१ जना मानव अधिकारकर्मीले आइतबार संयुक्त विज्ञप्ति जारी गरी मुलुकमा मानव अधिकार आन्दोलनको मूल एजेण्डालाई तुहाउने, मानवताविरुद्धका जघन्य वा गम्भीर अपराधीलाई उन्मुक्ति दिने, घटनाका साक्षी, प्रमाण र पीडितलाई निस्तेज पार्ने काम मानव अधिकारकर्मीमध्येकै केहीले गरेको पाइएको उल्लेख गर्दै त्यसप्रति सचेत हुन अपिल गरेका हुन् ।

द्वन्द्वपीडित सत्याग्रही गंगामाया अधिकारी, मानव अधिकारकर्मीहरू चरण प्रसाईं, कपिल श्रेष्ठ, सफलता बोगटी,अधिवक्ता ओमप्रकश अर्यालसहितले हस्ताक्षर गरेका छन् । विज्ञप्तिमा १० वर्षे सशस्त्र द्वन्द्वका पीडकहरूलाई विश्वव्यापी क्षेत्राधिकारको दायरामा ल्याउन र पीडितहरूलाई छिटो न्याय दिलाउन माग गरिएको छ ।

‘पीडकहरूलाई विश्वव्यापी क्षेत्राधिकारको दायरामा ल्याउन, विदेश भ्रमणको प्रवेशाज्ञा रोक्न, भेटिङ गर्न, दलिय वा व्यक्तिगत स्वार्थमा भएका षडयन्त्रको पर्दाफास गर्न आ–आफ्नो क्षेत्रबाट पहल गर्न समेत सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछौँ’ विज्ञप्तिमा छ ।

प्रकाशित : मंसिर २, २०७५ १९:०५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्