कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

आहा ! साइपाल

बसन्तप्रताप सिंह

बझाङ — बझाङको साइपाल गाउँपालिकामा रहेको साइपाल हिमाल सुदुरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य मध्येको एक हो । समुन्द्र सतहदेखि ७ हजार ३१ मिटरको उचाईमा रहेको यो हिमालको हालसम्म कसैले पनि सफल आरोहण गर्न सकेका छैनन् । 

आहा ! साइपाल

सुन्दर तथा मनोरम भूगोल पार गर्दै सदरमुकाम चैनपुरबाट चार पाँच दिनको यात्रामा साइपालको फेदी सम्म पुगिन्छ ।


हिमाली जलवायुको सानिध्यता, उच्च हिमालमा पाइने जिवजन्तु तथा वनस्पतिको अवलोकन साइपाल हिमाल यात्राका क्रममा गर्न पाइन्छ ।


पर्यटकहरुका लागि आर्कर्षणको केन्द्र बन्न सक्ने सम्भावना भएर पनि यहाँ पुग्ने पर्यटकको संख्या न्यून रहेको छ ।


यस क्षेत्रको पर्यटन प्रर्वद्धन र प्रचार प्रसारको लागि स्थानिय तथा प्रदेश सरकारले ध्यान दिन सके सुदुरपश्चिममा पर्यटकको संख्या बढाउन साइपालले योगदान दिन सक्ने कुरामा कसैको दुईमत नहुने यहाँ पुगेकाहरु बताउँछन् ।

प्रकाशित : मंसिर ४, २०७५ २०:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?