यस्तो बन्दै छ धरहरा

विद्या राई

काठमाडौँ — पहिलेको भन्दा अग्लो र ठूलो धरहरा बन्दैछ । नयाँ बन्ने धरहरा परिसरको क्षेत्रफल ४२.२ हुनेछ ।

यस्तो बन्दै छ धरहरा

पहिले मुगल शैलीमा बनाइएको थियो,अब गुम्बज शैलीको बन्नेछ । पहिले ६१.८८ मिटर थियो, अब गजुरसहित ७२ मिटर अग्लो हुनेछ ।

पहिले ९ तलाको रहेकोमा अब २२ तलाको बन्नेछ। दुईवटा लिफ्ट राखिनेछन् । भर्‍याङ पनि हुनेछ ।


भुकम्पले भत्काएको पुरानो धरहराको ठुटोलाई टेम्पर ग्लासले छोपेर राखिनेछ । परिसरमा संग्राहालय, पार्किङ, क्यान्टिनको सुविधा हुनेछ ।

कूल लागत ३ अर्ब ४८ करोड रुपैयाँ रहेको धरहरा निर्माण अबको दुई वर्षभित्र सक्ने लक्ष्य राखिएको छ ।

प्रकाशित : मंसिर ९, २०७५ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?