निर्मलालाई न्याय माग्दै विद्यार्थीको प्रदर्शन [भिडियो]
काठमाडौँ — बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय माग्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । बुधबार पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले 'वी वान्ट जस्टिस' भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले सरकार विरुद्ध चर्को नाराबाजी गरे ।