कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सडक सफाई 

काठमाडौँ — काठमाडौं महानगरले हरेक हप्ताको शनिबार विशेष सरसफाई अभियान सञ्चालन गर्दै आएको छ । सहरी सौन्दर्यता प्रवर्द्धनमा सघाउ पुर्‍याउने उद्देश्यले नियमित सरसफाई कार्यक्रम गर्दै आएको हो । 

सडक सफाई 

सडक विभागसँग सहकार्य गरेर सडकमा धुलो सफा गर्ने, पखाल्ने, नालीमा बनाइएका अनावश्यक र्‍याम्प हटाउने, फोहोर माटो निकाल्ने र सफा गर्दै आएको छ । यस अघि विभिन्न ठाउँमा ग्रिनरी मेन्टेन गर्ने, ‘आइल्याड’ बनाएर पानीले सफा गर्दै आएको थियो । धुलो उठाउन सहज होस भनेर पाँच ओटा बु्रमर खरिद प्रक्रियामा रहेको छ ।


सरसफाई शान्तिवाटिकाबाट शुरु हुन्छ । मंसिर ८ मा मेयर विद्या सुन्दर शाक्यले उद्घाटन गरेका थिए । शान्ती बाटिकाबाट सुरु भएको सडक सरसफाइ अभियान बागबजार, डिल्लीबजार, मैतीदेवी, पुरानो बानेश्वर, भीमसेनगोला हुादै सिनामंगलसम्म पुगेको थियो । तेस्रो हप्ता शान्तिबाटिका, जमल हुदै महाराजगञ्जसम्म सरसफाई गरेको थियो ।

प्रकाशित : मंसिर २४, २०७५ १७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?