भैरहवा ग्ल्याडिएटर्स र काठमाडौं किंग्स–११ का कप्तानले के भने ?

दोस्रो क्वालिफायरमा काठमाडौं किंग्स-११ लाई ६ विकेटले हराउँदै भैरहवा फाइनलमा
ईपीएलको फाइनलमा ज्ञानेन्द्र र शरदको टोली भिड्ने

काठमाडौँ — टीभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को उपाधिका लागि ललितपुर प्याट्रियट्स र भैरहवा ग्ल्याडिएटर्सबीच प्रतिस्पर्धा हुने भएको छ । फाइनल खेल शनिबार हुनेछ ।

भैरहवा ग्ल्याडिएटर्स र काठमाडौं किंग्स–११ का कप्तानले के भने ?

त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो क्वालिफायरमा काठमाडौं किंग्स-११ लाई ६ विकेटले हराउँदै भैरहवाले फाइनलमा ललितपुरसँगको भेट पक्का गरेको हो ।


१ सय १ रनको लक्ष्य पछ्याएको भैरहवाले १७ ओभरमा ४ विकेट गुमाएर पुरा गर्‍यो ।


भैरहवालाई जिताउन विदेशी खेलाडी रायन टेन डोस्क्याटेले ४५ र रवि इन्दर सिंहले ३१ रन जोडे । ओपनिङ ब्याटिङ गरेका डोस्क्याटेले ३८ बलमा पाँच चौका प्रहार गरे ।


प्रतियोगिताका सर्वाधिक रनकर्ता रवि इन्दर सिंहले १९ बलमा ३१ रन बनाए । उनले ३ चौका र १ छक्का प्रहार गरे । योसँगै रविले जारी ईपीएलमा ३ सय ८ रन बनाएका छन् ।


यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले इनिङको अन्तिम बलमा सबै विकेट गुमाएर १ सय रन बनायो ।


भैरहवाका लागि प्रतियोगितामा पहिलो खेल खेलेका सन्दीप रजालीले सर्वाधिक २७ रन बनाए । उनल २५ बलमा १ चौका र १ छक्का प्रहार गरे । प्रदीप साहुले २५ र अमित श्रेष्ठले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको रन छुन सकेनन् ।


बलिङमा भैरहवाका कुशल मल्लले ३ विकेट लिए । उनले ४ ओभरमा २० रन खर्चिए । मोहम्मद नाविदले २ विकेट लिए । कप्तान शरद र अविनाश बोहोराले १/१ विकेट लिए ।

...


टीभीएस ईपीएल अन्तर्गत दोस्रो क्वालिफायरमा काठमाडौं किंग्स-११ ले भैरहवा ग्ल्याडिएटर्सलाई १ सय १ रनको विजय लक्ष्य पेश गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले इंनिङ्‌को अन्तिम बलमा सबै विकेट गुमाएर १ सय रन बनायो ।


भैरहवाका लागि प्रतियोगितामा पहिलो खेल खेलेका सन्दीप रजालीले सर्वाधिक २७ रन बनाए । उनल २५ बलमा १ चौका र १ छक्का प्रहार गरे । प्रदीप साहुले २५ र अमित श्रेष्ठले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको रन छुन सकेनन् ।


बलिङमा भैरहवाका कुशल मल्लले ३ विकेट लिए । उनले ४ ओभरमा २० रन खर्चिए । मोहम्मद नाविदले २ विकेट लिए । कप्तान शरद र अविनाश बोहोराले १/१ विकेट लिए ।

...

टीभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको दोस्रो क्वालिफायर अन्तर्गत अहिले काठमाडौं किंग्स- ११ र भैरहवा ग्ल्याडिएटर्सबीच प्रतिस्पर्धा हुँदैछ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भैरहवाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

काठमाडौं पहिलो क्वालिफायरमा ललितपुर प्याट्रियट्ससँग १ विकेटले पराजित भएपछि दोस्रो क्वालिफायरमा पुगेको हो । भैरहवाले भने इलिमिनेटर खेलमा चितवनलाई पराजित गरेको हो ।

आजको खेलमा विजेताले उपाधिका लागि शनिबार ललितपुरसँग प्रतिस्पर्धा गर्नेछ । ईपीएलको उपाधि विजेताले २५ लाख र उपविजेताले १० लाख पुरस्कार पाउनेछन् ।

आजको खेलमा काठमाडौंले सागर पुनको स्थानमा सन्दीप रजालीलाई खेलाएको छ । सागर गोलीगाँठाको चोटका कारण खेल्न सकेनन् । भैरहवाले भने कुनै परिवर्तन गरेको छैन ।

टिम काठमाडौंः रोहन मुस्तफा (कप्तान), सोमपाल कामी, जितेन्द्र मुखिया, नरेश बुढाएर, अमित श्रेष्ठ, राजु रिजाल, मोहम्मद सम्साद शेख, सिद्धान्त लोहनी, सन्दीप रजाली, केविन ओ'ब्राइन र प्रदीप साहु

टिम भैरहवाः शरद भेषावकर (कप्तान), आरिफ शेश, रोहितकुमार पौडेल, कृष्ण कार्की, भुवन कार्की, प्रदीप ऐरी, अभिनाश बोहोरा, कुशल मल्ल, रवि इन्दर सिंह, रायन टेन डोस्काथे, मोहम्मद नविद

प्रकाशित : पुस ५, २०७५ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?