२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

ट्राउटको प्रजनन

विमल खतिवडा

काठमाडौँ — नुवाकोट जिल्लामा ४० वटा रेन्बो ट्राउट फार्म छन् । ट्राउट माछा पालनमा किसानको आकर्षण बढ्दो छ । 

ट्राउटको प्रजनन

नयाँले त्रिशूलीस्थित मत्स्य अनुसन्धान केन्द्रबाट प्रति गोटा ७ रुपैयाँका दरले भुरा लगेर पाल्ने गरेका छन् । पुराना किसानले भने आफैँ भुरा उत्पादन गरेर पाल्दै आएका छन् ।


तिनै मध्यका एक हुन् पूर्णबहादुर तामाङ । उनको अण्डा उत्पादन गर्ने छुट्टै माउ माछा छन् । जसमा जापनिज रेन्बो ट्राउट १ सय र बेलायती रेन्बो ट्राउट ८ सय छन् ।


यी माछाबाट २ वर्षमा दुई पटक मात्र निकाल्नुपर्ने हुन्छ । एउटाबाट पहिलो वर्ष १ हजार ५ सयदेखि २ हजार ५ सय सम्म अण्डा निकाल्न सकिन्छ । दोस्रो वर्ष ३ हजार ५ सयदेखि ५ हजार सम्म अण्डा निकाल्न सकिन्छ । यसरी पोथीबाट निकालेको अण्डामा भालेबाट निकालिएको मिल्ट (बिर्य) मिसाउनु पर्छ ।


अण्डा र मिल्ट मिसाएपछि चराको प्वाँखले राम्रोसँग चलाउनु पर्छ । फुल (अण्डा) र मिल्ट राम्ररी मिसाई सकेपछि नुन पानीको झोलले पखाल्नु पर्छ । त्यसपछि सादा पानीले ३/४ पटक सम्म सफा पानी नआसम्म पखाल्नु पर्ने हुन्छ ।


त्यसपछि ट्रेमा राख्नु पर्छ । ट्रेलाई खाली ट्रेले छोपेर सबै ट्रेहरुलाई डोरीले बाँधी बच्चा कढाउनका लागि इन्कुबेटरमा पानीको निरन्तर बहाव दिएर राख्नु पर्छ । यसरी राखेको करिब ४० दिनमा भुरा तयार हुन्छन् ।


शब्द : विमल खतिवडा

भिडियो : किरण पाण्डे

प्रकाशित : पुस ७, २०७५ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?