भारतीय सीमा सडक विस्तार

ठाकुरसिंह थारु

नेपालगन्ज — भारतीय पक्षले नेपाल—भारत सीमा दशगजा नजिकै तटबन्द जस्तो सीमा सडक विस्तार सुरु गरेको छ ।

नेपालगन्जको हिरमिनीया नजिकै डोजर लगाएर सडक निर्माण गराइरहेको छ ।

यसअघि भारतीय पक्षले बाँकेको पूर्वी दक्षिण क्षेत्रमा तटबन्धजस्तो सीमा सडक निर्माण गरी कालोपत्रे गरिसकेको छ ।

भारतीय पक्षले सुरक्षाका लागि सीमासँगै जोडेर ३० मिटर चौडाई र ३ मिटर अग्लो तटबन्ध जस्तो सडक निर्माण गरेको छ ।

प्रकाशित : पुस १२, २०७५ २१:४२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रधानन्यायाधीशमा प्रस्तावित जबराविरुद्ध ९ उजुरी

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्रशमशेर जबराविरुद्ध संसदीय सुनुवाइ समितिमा ९ वटा उजुरी परेका छन् । समितिको सचिवालयले ती उजुरी अध्ययनका लागि सदस्यहरूलाई बाँडेको छ । 

उजुरीको यथार्थमाथि समितिले शुक्रबार उजुरीकर्तासँग छलफल गर्नेछ । त्यसपछि जबराको संसदीय सुनुवाइ गर्नेछ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आगामी १७ गतेदेखि उमेर हदका कारण अवकाश पाउँदै छन् ।

प्रकाशित : पुस १२, २०७५ २१:२३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT