ओझेलमा आकर्षक झरना 

बसन्तप्रताप सिंह

बझाङ — जिल्लाकै सबै भन्दा आकर्षक मानिने साइपाल गाउँपालिकामा रहेको ढाँकी छडा झरना प्रचार प्रसारको अभावमा ओझेलमा रहेको छ । साइपाल पदमार्गमा पर्ने यो झरनाको प्रर्बद्धन गर्न सके जिल्ला कै आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना रहेको  छ । 

साइपाल गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने काँकरकोट गाउँबाट करिब ७ किलोमिटर दक्षिण पश्चिममा रहेको यो झरनाको बनावट अनौठो खालको रहेको छ । माथिबाट सिधा बगेर झरेको पानी झरनाकोबिच भागमा ठोक्किएर एक्कासी दायाँतर्फ फर्किएको दृष्य हेरिरहुँ लाग्ने खालको हुन्छ । बिच पहरोमा पुगेर दुईतिर फाट्ने झरनामा नियमित जसो पर्ने इन्द्रेणीले यहाँको दृष्य झनै मनमोहक देखिन्छ । हावाको गति सँगै झरनाको प्रवाहले बयली खेल्दै पहरामा यताउता ठोक्किदा ढाँकीछडाले छिन छिनमा आफ्नो रुप परिर्वतन गर्ने गर्दछ ।

Citizen

समुद्री सतहदेखि करिब ३ हजार १ सय मिटरको उचाइमा रहेको यो झरनाको लम्बाई झण्डै ३ सय मिटर भन्दा बढी छ । झरना नजिकैबाट छर्लङ देखिने साइपाल हिमाल, झरनाको छेवैमा सुसाउदै बग्ने सेती नदी, वरिपरी रहेको हरियो जंगलले यो क्षेत्रको सुन्दरता अझै बढाएको छ । हिमाली जलवायूको सामिप्यता महसुस हुने झरना क्षेत्र वरिपरिका वनमा झारल र नाउरका बथानहरु, मृग, घोरल, बँदेल जस्ता विभिन्न जंगली जनावरहरु देख्न सकिन्छ ।

यस्तै यो झरनामा क्यानोनिङको पनि सम्भावना रहेको बताउदै यहाँ सामान्य पूर्वाधारहरुको विकास गर्न सके पर्यटकहरुको आकर्षण बढ्ने स्थानियको विश्वास छ । झरनाको प्रचार र प्रर्वधन गर्नका लागि गाउँपालिकाले पनि विभिन्न कार्यक्रम तय गरेको बताइएको छ।

प्रकाशित : पुस २०, २०७५ २१:४८
प्रतिक्रिया
पठाउनुहोस्

सरकारको आभाष जनताले गर्न पाउनुपर्छ : उपसभामुख

रासस

उर्लाबारी — प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले देशका तीन वटै सरकारको आभाष जनताले गर्न पाउनुपर्ने बताएकी छन् । 


नेपाल नेत्रहीन संघ मोरङले १७ औँ साधारणसभाको शुक्रबार बेलबारी नगरपालिकामा उद्घाटन गर्दै उपसभामुख तुम्बाहाम्फेले तीनवटै सरकारबीच सहकार्य भएर विकासको गतिमा अघि बढ्नुपर्ने धारणा राखिन्।

नेपालको संविधानले सबै जाति, धर्म, लिंग समुदायलाई समेटेको भन्दै उपसभामुख तुम्बाहाम्फेले भनिन्,'अब तीव्र विकासको गतिमा अघि बढ्न आवश्यक छ।' सो अवसरमा उनले मोरङका ३८ न्यून दृष्टियुक्त व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेकी थिईन्।

प्रकाशित : पुस २०, २०७५ २१:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्