डा.केसीसँग तुरून्त संवाद सुरु गर्नु पर्छ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

अतुल मिश्र

काठमाडौँ — पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सरकारले चिकित्सा शिक्षा विधेयकसम्बन्धी प्रक्रिया अविलम्ब रोकेर डा.गोविन्द केसीको सत्याग्रहको निकास निकाल्नु पर्ने बताएका छन् ।

उनले डा.केसीका मागहरु र यो पहिलो अनशनसमेत नभएको बताए। अनशनको मागहरुको औचित्यको बारेमा स्वयं प्रतिनिधि सभाबाट पारित विधेयकले पनि धेरै हदसम्मको औचित्यता स्वीकार गरेको समेत श्रेष्ठले उल्लेख गरे।

Citizen

पहिला सरकारसँग भएको सहमति पूर्ण कार्यान्वयन नभएपछिडा.केसी अनशन बसेको उनले बताए । श्रेष्ठले भने– ‘दुईतिहाइ बहुमतको सरकारले गरेको सहमति पूरा गर्ने क्षमता राखेन भने यो भन्दा ठूलो बिडम्वनापूर्ण अवस्था प्रजातन्त्र र राष्ट्रको लागि हुँदैन।’

उनलेडा.केसीको जीवन रक्षा हुनु पर्ने बताए । ‘उनको सत्यको आग्रहको दमन हुनु हुँदैन, एक्लो दुक्लो त देखिन्छ सत्य प्रारम्भमा तर अन्तत: सत्य पराजित भएको र अरु कुनै कुराको सर्वोच्चताको परिस्थिति इतिहासमा टिकिरहेको देख्दिनँ’ श्रेष्ठले भने ।

प्रकाशित : माघ १५, २०७५ १९:१८
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

मुख्य रजिष्ट्रारमा निरौला 

कान्तिपुर संवाददाता

काठमाडौँ — नृपध्वज निरौला सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा नियुक्त भएका छन् । सोमबारको मन्त्रिपरिषद बैठकले न्यायपरिषद्का सचिव निरौलालाई मुख्य रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो । निरौलाले मंगलबार नियुक्तिपत्र बुझी पदभार समेत ग्रहण गरेका हुन् । 

निरौलासँगै सह–रजिष्ट्रार लालबहादुर कुँवर समेत सर्वोच्च अदालतको रजिष्ट्रारमा नियुक्त भएका छन् । श्रम अदालतको मुद्दा हेर्ने अधिकारी देवेन्द्र ढकाललाई न्यायसेवा आयोगले न्यायपरिषदको सचिवमा सरुवा गरेको छ ।

प्रकाशित : माघ १५, २०७५ १९:०९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT