गोदावरीमा प्याराग्लाइडिङको मज्जा

विद्या राई

ललितपुर — ललितपुरको गोदावरीमा प्याराग्लाडिङ सञ्चालनमा छ । २१ सय मिटरको उचाइमा रहेको चापाखर्कबाट टेक अफ भएर १५ सय मिटर उचाइको रचनाटारमा आएर ल्याण्ड हुन्छ ।

गोदावरीमा प्याराग्लाइडिङको मज्जा

प्याराग्लाइडिङ पाइलटले सुरुमा सेफ्टी, टेक अफ, फ्लाई र ल्याण्डको बारेमा निर्देशन दिन्छन् । त्यसपछि टेक अफ हुन्छ । १५ देखि ३० मिनेटसम्म प्याराग्लाइडिङ आकाशमा उड्छ ।

मौसम सफा भएको बेला चारैतिर हिमशृङंखला देख्न सकिन्छ । डाँडाकाँडा हरियाली वन र उपत्यकालाई छर्लंङ्ग देख्न सकिन्छ । साहसिक खेल मानिने प्याराग्लाइडिङले रमाइलो मात्रै नभएर साहस पनि थप्ने अनुभवीहरुको भनाइ छ ।

काठमाडौं प्याराग्लाइडिङ कम्पनीले सन् २००७ मा सुरुआत गरेको थियो । भूकम्पले गर्दा २०१५ मा बन्द भएपछि गत डिसेम्बरबाट पुन: सञ्चालनमा आएको सञ्चालक निरज पन्तले बताए ।

प्रकाशित : फाल्गुन १, २०७५ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?