२ रुपैयाँमा एक गिलास पानी

कान्तिपुर संवाददाता

ललितपुर — ललितपुर महानगरपालिकाको ढोकैमा मंगलबारबाट ‘वाटर एटीएम’ पानी पँधेरो सञ्चालनमा आएको छ ।

२ रुपैयाँमा एक गिलास पानी

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको लागनीमा सञ्चालित ‘वाटर एटीएम’ बाट २ रुपैयाँमा एक गिलास पानी पिउन सकिने महानगरले जनाएको छ ।

खानेपानी मन्त्री विना मगरले यसले स्वच्छ पानी पिउने मानिसको चाहना पूरा गर्ने बताइन् । ‘वातावरण प्रदूषण गर्ने प्लास्टिक बोतलसमेत निरुत्साहित गर्न मद्दत पुर्‍याउँछ,’ उनले भनिन् । खानेपानी बोर्डले उपत्यकाका अन्य १९ स्थानमा पनि ‘वाटर एटीएम’ सञ्चालनमा ल्याउने तयारी गरिरहेको जनएको छ ।

प्रकाशित : फाल्गुन २४, २०७५ २२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?