तानसेनमा खाना महोत्सव

माधव अर्याल

पाल्पा — पाल्पाको तानसेनमा शुक्रवार बेलुका सडक खाना महोत्सवको आयोजना गरिएको थियो । महोत्सवमा विभिन्न परिकारहरू राखिएका थिए । ती मध्ये बटुक,चुकाउनी र हाँसको छोयला सबैलाई मन पर्‍यो । 

आलु, दहीलाई मेथीले झानेपछि बन्छ, चुकाउनी। चिसो र गर्मी दुवै मौसममा उपयुक्त हुन्छ।

Citizen

मुलुकका विभिन्न स्थानबाट तानसेन आउने पर्यटकको पहिलो रोजाइ चुकाउनी बन्छ।मास, केराउबाट बनाइने बटुक परिकार पनि यस क्षेत्रमा लोकप्रिय छ।हाँसको छोयला पनि सबैका लागि आकर्षण नै हुन्छ।

महोत्सवमा विभिन्न जातजातिको परिकार लोकप्रिय बने। वर्षको एक पटक राखिने महोत्सव सबैका लागि मनोरञ्जन र रुचिको विषय बनेको छ।

टुँडिखेल छेउबाट भीमसेन टोल हुँदै नारायणस्थान चोकसम्म दायाँ बायाँ खानाका परिकारमा आकर्षण बटुक, चुकाउनी, हाँसको छोयलामा थियो। विभिन्न जातजातिका भेषभूषा र खानाका परिकारले फरक माहौल सिर्जना गराएको सहभागी प्रकाश श्रेष्ठले बताए।

परिकारहरू प्रत्यक्ष बनाएको हेर्दा दर्शक दङ्ग थिए। महोत्सवमा मूल्य सूचि राखिएको ग्राहकले मन पराए। खानेकुरा ताजा साथै प्लास्टिकको प्रयोग गर्न दिइएको थिएन।

प्रकाशित : फाल्गुन २७, २०७५ १८:१९
प्रतिक्रिया
पठाउनुहोस्

'अस्थायी र करार शिक्षकलाई सौतेनी व्यवहार भयाे'

कान्तिपुर संवाददाता

काठमाडौँ — २०७२ असोज २ पछि नियुक्त अस्थायी, करार शिक्षकहरुलाई शिक्षक सेवा आयाेगकाे आन्तरिक प्रक्रियामा समावेश गर्नुपर्ने माग गर्दै आन्दोलनरत शिक्षकहरुले आज पनि काठमाडाैंमा प्रर्दशन गरेका छन् । 

३ दिने आन्दोलनको घोषणा गरेका छुट अस्थायी करार शिक्षकहरुले माइतीघर मण्डलाबाट नयाँबानेश्वरसम्म प्रर्दशन गरेका थिए।

नयाँ बानेश्वरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै संघर्ष समितिका अध्यक्ष हरिबंश पराजुलीले सरकारले आफूहरुलाई सौतेनी ब्यवहार गरेको बताउँदै अस्थायी करार शिक्षकहरु यो विभेदकारी सरकारी नीति विरुद्ध लड्न काठमाडौ‌ं केन्द्रित भएर आन्दोलन थालेको बताए।

सरकारले २०७५ असारमा लिएको अस्थायी शिक्षकको आन्तरिक परीक्षामा विभेदपूर्ण तरिकाले २०७२ असोज २ सम्म नियुक्त भएका शिक्षकलाई आन्तरिक परीक्षाको ब्यवस्था गरेपछि छुट अस्थायी करार शिक्षकहरुले आन्दोलन गरिरहेका छन्।

समितिका उपाध्यक्ष मुकुन्द पोखरेलले करार शिक्षकहरु आन्दोलनमा रहे पनि सरकारले कुनै सुनुवाई नगरी शिक्षक महासंघसँग २० बुँदे सहमति गरेकोभन्दैसंघीय शिक्षा ऐनमा गर्न लागिएको व्यवस्था आफूहरुलाई स्वीकार्य नहुने बताए।

संघर्ष समितिका कोषाध्यक्ष अनिता थापाले यसपटकको आन्दोलन करार शिक्षकहरुको अन्तिम लडाइँ भएकोभन्दैरोजीरोटीको निम्ति आफैं लागिपर्ने बेला आएको बताइन्।

प्रकाशित : फाल्गुन २७, २०७५ १७:५२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्