कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘जीपलाइन’ ले तानिए धुलिखेलमा पर्यटक

विद्या राई

काठमाडौँ — पर्यटकीय गन्तव्य धुलिखेलमा पछिल्लो समय ‘जीपलाइन’ आकर्षण बनेको छ । ‘जिप लाइन’ एक साहसिक खेल हो । यो खेलमा फलामले लठ्ठामा घिर्नीको सहायताले विशेष फित्तामा झुण्डिएर उडे जसरी अघि बढिन्छ ।

‘जीपलाइन’ ले तानिए धुलिखेलमा पर्यटक

धुलिखेलको थाक्लेडाँडामा टेकअफ भएर पाँचखालको खावामा अवतरण हुन्छ । यसबीचको १ दशमलव १ किमि दूरी पार गर्न झण्डै एक मिनेट २० सेकेन्ड लाग्छ । २ सय ४० फीटको झुकावमा अघि बढ्छ ।


नेपालमा जीपलाइनका लागि पोखरा पछिको फ्रेस गन्तव्य हो धुलिखेल । जीपलाइनमा साधारण, सुपरम्यान र टेन्डम (जोडी) यात्रा गर्ने सुविधा छ । वर्ल्ड वाइड एड्भेन्चरले हालै निर्माण गरेको जीपलाइन यही फागुनदेखि सञ्चालनमा आएको हो । अहिलेसम्म स्थानीय, चीन, कोरिया, हङकङ, अमेरिका र स्वीट्जरल्यान्डबाट आएका पर्यटकले यो अनुभव लिइसकेका एड्भेन्चरले जनाएको छ ।

मौसम सफा भएको बेला १८० डिग्रि कोणमा अन्नपूर्ण, गणेश हिमाल, लाङटाङ, गौरीशंकर, ल्होत्से, फूर्बीच्याचू लगायत हिमशृङ्खलाका पानारोमा दृश्य हेर्न सकिन्छ ।

जीपलाइन व्यावसायिकता सँगै नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी सञ्चालनमा ल्याएको सञ्चालकले बताएको छ ।

प्रकाशित : फाल्गुन २९, २०७५ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?