१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जापानी र नेपाली कामदारबीच विभेद हुँदैन : श्रममन्त्री

कान्तिपुर कुराकानी
हाेम कार्की

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नेपाली र जापानी श्रमिकबीच विभेद नगरेकोले जापान सम्झौता निकै महत्वपूर्ण दस्तावेज भएको बताए ।

जापानी र नेपाली कामदारबीच विभेद हुँदैन : श्रममन्त्री

'जापानको श्रम कानुन श्रमिकका लागि निकै बलियो छ । जापानी नागरिकले जे जस्तो सेवा, सुविधा र शर्त पाउने हो । ती सबै नेपालीले पाउने सुनिश्चित भएको छ,' मन्त्री विष्टले कान्तिपुरसँग भने, 'एउटा श्रमिकको लागि यो ज्यादै महत्वपूर्ण विषय हो । यस अर्थमा यो सम्झौता खास छ ।'

नेपालीको लागि जापान आकर्षक गन्तव्य भएकोले ठगी हुनबाट पूर्ण रुपमा जोगाउन सरकार सफल भएको उनले बताए । 'जापान जाने नाममा विभिन्न संस्थामा लाखौं रुपैयाँ तिरेर ठगिनु पर्ने स्थिति नहोस् भन्नेमा हामी सजग थियौं । सरकारी संयन्त्रबाट कामदार भर्ना गर्ने हुँदा अब कोही नेपाली ठगिनु पर्दैन,' उनले भने ।



प्रकाशित : चैत्र ११, २०७५ २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?