१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

काठमाडौं कति जोखिमपूर्ण ?

विद्या राई

काठमाडौँ — काठमाडौं महानगर कति जोखिममा छ भन्नेबारे फ्रान्सेली भूूकम्पविद् फ्रेदेरिक पेरियले ददि सापकोटाले लेखेको ‘त्यो नेपाल’ नामक किताबमा उल्लेख गरेका छन् ।

काठमाडौं कति जोखिमपूर्ण ?

पुस्तकमा छ, ‘मान्छेहरूले सात/आठ तला भन्दा अग्ला घर ठड्याइरहेका छन् । जबकी त्यहाँ भुइँघर मात्रै बनाउनुपर्ने हो । अब नेपालमा आउने ठूलो भुुइँचालो जताबाट आए पनि क्षति सबैतिर गर्नेछ ।’ भूूकम्पविद्का यस्ता चेतावनीलाई काठमाडौं महानगरले फेरि पनि बेवास्ता गरेको छ । भूूकम्पीय जोखिमप्रति आँखा चिम्लिएर मनलाग्दी बनाइएका भवनलाई निम्छरो मापदण्ड लागूू गरेर स्वीकृती दिंदै आएको छ ।


महानगरका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार नयाँ मापदण्ड लागूू भएपछि जरिवाना तिरेर १३ चैत २०७५ सम्म चार हजार १ सय ३३ जनाले निर्माण सम्पन्नताको प्रमाणपत्र लिएका छन् भने एक हजार ३ सय २८ जनाले बनिसकेको संरचनाको थप नक्सा पास गराएका छन् । यो सुविधा लिन महानगरमा थप १६ हजारले आवेदन दिएका छन् ।


महानगर र सरकारको भवन निर्माण मापदण्ड अलग–अलग छन् । महानगरको मापदण्डभन्दा सरकारको मापदण्ड बलियो र भरपर्दो मानिएको छ । त्यसमा योजनाबद्ध आवास क्षेत्रमा आवासीय भवनको ‘फार’ (जग्गाको क्षेत्रफल अनुसार घर तथा भवनको आकार) २ र व्यापारिक क्षेत्रको लागि फार ३ तोकिएको छ । जबकी महानगरको मापदण्डमा सबै प्रकारको भवनका लागि फार ३.५ तोकिएको छ ।


कमजोर मापदण्ड लागूू नगर्न काठमाडौं उपत्यका विकास प्राधिकरणले महानगरलाई ताकेतासमेत नगरेको भने होइन । तर, प्राधिकरण–महानगरबीचको द्वन्द्वले मापदण्डमा एकरुपता ल्याउन भने सम्भव भएन । अहिले यी दुई निकायबीचको द्वन्द्व सर्वोच्च अदालतमा पुगेको छ ।


सर्वोच्चले १४ चैतमा महानगरपालिकाकै मापदण्डको पक्षमा फैसला सुुनाएको छ । फैसलामा भवन निर्माणका लागि अनुमति प्रदान गर्ने, नक्शा स्वीकृत गर्ने र मापदण्ड विपरीत बनेका भवन भत्काउने अधिकार कानुनतः महानगरपालिकामै रहेको उल्लेख छ । फैसलाले महानगर र प्राधिकरणबीचको कानूूनी विवादको निरुपण गरे पनि महानगरको निम्छरो मापदण्डले निम्त्याउने जोखिम भने टरेको छैन ।


महानगरका सूूचना अधिकारी वसन्त आचार्यका अनुसार महानगरमा दुई लाख ५४ हजार ७ सयको हाराहारी घरधुरी रहेका छन् । संघीय राजधानी काठमाडौंमा ३५ देखि ४० लाख हाराहारी जनसंख्याको बसोबास रहेको अनुमान गरिएको छ ।


विस्तृत जानकारीका लागि याे लिंक पढ्नुहाेस् ।

प्रकाशित : चैत्र १५, २०७५ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?