कोसीमा च्यानल बनाउँदै भारतीय ट्रयाक्टर

गोविन्द पोखरेल

सुनसरी — कोसीमा आउने बाढीका कारण वर्षेनी ठूलो धनजनको क्षति हुने गरेको छ । भारतले जथाभावी बाँध निर्माण गरिदिँदा वर्षात्‌को समयमा नेपालका दर्जनौं बस्ती र खेतीयोग्य जमिन डुबानमा पर्ने गरेका छन् । 

पूर्वी भागमा बाँध निर्माण गर्दा पश्चिममा असर गर्ने, पश्चिममा बाँध निर्माण गर्दा पूर्वी क्षेत्रमा असर गर्ने समस्या कोसीमा छ ।

Citizen

पूर्वी र पश्चिम दुवै क्षेत्रमा क्षति नहोस् भनेर यस पटक मध्यमार्गी उपाय अपनाइँदै छ । भारतले कोसीको मध्य भागमा अहिले च्यानल खनिरहेको छ ।

च्यानल खन्न पाँच सय हाराहारीमा भारतीय ट्रयाक्टर प्रयोग गरिएको छ । नदीलाई मध्य भागमा एकीकृत गर्ने उद्देश्यले च्यानल खनिएको हो ।

दुई देशबीच भएको सम्झौतामा कोसी नदीको नियन्त्रण, व्यवस्थापन तथा बाँध निर्माण कार्यहरु भारत एक्लैले गर्दै आएको छ ।

याे पनि पढ्नुहाेस् :
यसरी बनाइँदै छ कोसीमा 'च्यानल' [फोटोफिचर]

प्रकाशित : चैत्र २०, २०७५ २०:३१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

करोडौं ठगी गर्ने सुधीर बस्नेत पक्राउ

जनकराज सापकाेटा

काठमाडौँ — ओरियन्टल सहकारीका सञ्चालक सुधीर बस्नेत पक्राउ परेका छन् । उनलाई काठमाडौंको भीमसेनगोलाबाट पक्राउ गरिएको प्रहरी परिसर काठमाडौंले जनाएको छ । समस्याग्रस्त सहकारीहरुको छानबिन समितिले दिएको प्रतिवेदनको आधारमा उनी पक्राउ परेको प्रहरीले जनाएको छ । बस्नेतमाथि वचतकर्ताको १४ करोडभन्दा धेरै रकम हिनामिना गरेको आरोप छ । 

परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार उनीमाथि संगठित अपराध र ठगी मुद्दा चलाइनेछ । समितिले बस्नेतको सम्पत्ति नियन्त्रण गरी लिलाम प्रक्रियाबाट बिक्री गर्न सुझाव दिएको छ ।


यो पनि

प्रकाशित : चैत्र २०, २०७५ २०:२०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT