३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

कोसीमा च्यानल बनाउँदै भारतीय ट्रयाक्टर

गोविन्द पोखरेल

सुनसरी — कोसीमा आउने बाढीका कारण वर्षेनी ठूलो धनजनको क्षति हुने गरेको छ । भारतले जथाभावी बाँध निर्माण गरिदिँदा वर्षात्‌को समयमा नेपालका दर्जनौं बस्ती र खेतीयोग्य जमिन डुबानमा पर्ने गरेका छन् । 

कोसीमा च्यानल बनाउँदै भारतीय ट्रयाक्टर

पूर्वी भागमा बाँध निर्माण गर्दा पश्चिममा असर गर्ने, पश्चिममा बाँध निर्माण गर्दा पूर्वी क्षेत्रमा असर गर्ने समस्या कोसीमा छ ।


पूर्वी र पश्चिम दुवै क्षेत्रमा क्षति नहोस् भनेर यस पटक मध्यमार्गी उपाय अपनाइँदै छ । भारतले कोसीको मध्य भागमा अहिले च्यानल खनिरहेको छ ।


च्यानल खन्न पाँच सय हाराहारीमा भारतीय ट्रयाक्टर प्रयोग गरिएको छ । नदीलाई मध्य भागमा एकीकृत गर्ने उद्देश्यले च्यानल खनिएको हो ।


दुई देशबीच भएको सम्झौतामा कोसी नदीको नियन्त्रण, व्यवस्थापन तथा बाँध निर्माण कार्यहरु भारत एक्लैले गर्दै आएको छ ।


याे पनि पढ्नुहाेस् :
यसरी बनाइँदै छ कोसीमा 'च्यानल' [फोटोफिचर]

प्रकाशित : चैत्र २०, २०७५ २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?