सिन्दूरले रंगियो थिमि

बिस्का जात्रा २०७६
कान्तिपुर संवाददाता

काठमाडौँ — बिस्का जात्राका अवसरमा सोमबार भक्तपुरको मध्यपुरथिमिमा ३२ खटसहितको सिन्दूर जात्रा (सुथःसिया) मनाइएकाे छ ।

थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताको खट टोलटोलमा सिन्दूर खेल्दै बाजागाजासहित जात्रा मनाइन्छ ।

Citizen

भिडियो: आरके श्रेष्ठ

प्रकाशित : वैशाख ३, २०७६ २१:३२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

बारामा चट्याङ लागेर ४ घाइते 

पवन यादव

सिमरा — हावाहुरीसँगै परेको चट्याङले बारामा चार भारतीय मजदुर घाइते भएका छन् । कलैया उपमहानगरपालिका १२ धर्मनगरमा रहेको महल इँट्टा उद्योगका मजदुर चट्याङले घाइते भएका हुन् । चटयाङको झिल्का उनीहरुले बनाएको टहरमा परेपछि आगलागीसमेत भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।

आगलागी नियन्त्रणमा लिइएको र चट्याङबाट घाइते मजदुरहरुलाई उपचारको लागि कलैया अस्पताल लगिएको प्रहरी उपरिक्षक भट्टराईले जानकारी दिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । घाइतेहरुको सनाखत भइसकेको छैन ।

हुरीप्रभावितका टहरा त्रिपालसमेत उडाएको प्रहरी उपरीक्षक भट्टराईले बताए ।

प्रकाशित : वैशाख ३, २०७६ २१:२४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT