झम्सीखेलमा ढल्यो रुख [भिडियो]

कान्तिपुर संवाददाता

काठमाडौँ — शुक्रबार अपरान्ह हावाहुरीसँगै परेको पानीका कारण ललितपुरको झम्सीखेलस्थित हसपोसा गणेश मन्दिर भित्रको रुख ढलेको छ ।

रुखले अगाडिपट्टी रहेको मन्दिरकै पर्खाल भत्काएको छ । रुखले मानवीय क्षति नभएको र एउटा स्कुटरमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

यसअघि २०७३ सालमा कीर्तिपुरमा हावाहुरीले रुख ढालेको थियो । रुख ढलेर मोटरसाईकल चालकसहितसर्वसाधारणको ज्यान गएको थियो ।

Citizen

प्रकाशित : वैशाख ६, २०७६ १९:४९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

मुख्यमन्त्रीद्वारा मृतकका प्रतिपरिवार ३ लाख राहत 

कान्तिपुर संवाददाता

बारा — प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले हुरीबाट मृत्यु भएका १० जनाको परिवारलाई शुक्रबार ३/३ लाख नगद हस्तान्तरण गरेका छन् । 

कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् । जिल्लाका बाँकी मृतकको हकमा कागजात नपुगेकोले चेक नदिइएको हो । कागजात पुगेपछि उनीहरुलाई अर्को चरणमा उपलब्ध गराइने मुख्यमन्त्रीका प्रेस सल्लाहकार आतिश मिश्रले बताए ।

गत चैत १७ मा आएको भीषण हुरीको चपेटामा यहाँ २८ जनाको मृत्यु भएको छ । घटनापछि प्रदेश सरकारले प्रतिमृतक परिवारलाई प्रदेश सरकारले जनही ३/३ लाख दिने घोषणा गरेको थियो । चेक हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री गद्दीले संघीय सरकार र प्रदेश सरकार मिलेर हुरीपीडितहरुको घर चाँडै निर्माण गर्ने बताए । सोही अवसरमा अमेरिकी संस्था एन्टाले प्रतिमृतक परिवारलाई उपलब्ध गराएको ५०/५० हजारको चेक मुख्यमन्त्री गद्दीले वितरण गरे ।

प्रकाशित : वैशाख ६, २०७६ १९:४३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT