२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

रातभर चल्छ धावनमार्गमा सुधारको काम

अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग 'रिह्याब्लिटेसन'

काठमाडौँ — नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग 'रिह्याब्लिटेसन' (सुधार)को काम राति १० देखि बिहान ८ बजेसम्म विमानस्थल नै बन्द गरेर भइरहेको छ ।

रातभर चल्छ धावनमार्गमा सुधारको काम

बर्खा सुरु हुनु अगावै धावनमार्ग सुधारको काम सक्ने लक्ष्य चिनियाँ निर्माण कम्पनी एभीआईसीले राखेको छ । दैनिक २२ घण्टासम्म खुल्दै आएको विमानस्थल चैत १८ (अप्रिल १) देखि २०७६ असार १५ (जुन ३०) सम्म बेलुकी १० देखि बिहान ८ बजेसम्म बन्द हुनेछ ।


काठमाडौंमा दैनिक ८० हाराहारी विदेशी उडान/अवतरण र २ सय ८० हाराहारी आन्तरिक उडान/अवतरण हुन्छन् । समयमै काम सकिए मध्य असारपछि चौबिसै घण्टा विमानस्थल सञ्चालन गर्न सकिनेछ । प्राधिकरणले २०३२ सालमा २ किलोमिटर धावनमार्गमा १ किमि थपेर तीन किलोमिटर बनाएको थियो । त्यसयता सामान्य मर्मतसम्भार गरिँदै आएको थियो ।


जीर्णोद्धार क्रममा हरेक रात १ सय ५० मिटर लम्बाइ तथा २५ देखि ६० मिटरसम्म चौडाइका दरले धावनमार्ग सुधारिनेछ । चिनियाँ कम्पनीले धावनमार्ग मात्रैको काम तीन महिनाभित्र सक्ने सम्झौता गरेको छ ।


ट्याक्सी-वे र ड्रेनलगायत पूर्वाधार सुधार्न १८ महिना दिइएको छ । कम्पनीले ३ अर्ब ७८ करोड रुपैयाँमा ठेक्का सकारेको छ ।

प्रकाशित : वैशाख ११, २०७६ २०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?