पुनर्निर्माण कार्यमा हामी पहिलो स्थानमा छाैं : सुशील ज्ञवाली

‘संसारलाई सफल नमुना देखाउने अवस्थामा छौं’
कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवालीलाई सरकारले २०७२ पुसमा नियुक्त गरेको थियो । २०७३ पुसमा शेरबहादुर देउवा नेतृत्वको सरकारले कार्यसम्पादन चित्तबुझ्दो नभएको भन्दै बर्खास्त गर्‌यो ।

निर्वाचनपश्चात् दुई तिहाई मत प्राप्त केपी शर्मा ओलीको नेतृत्वको सरकारले फेरि ज्ञवालीलाई नै २०७५ साउनमा सीईओमा नियुक्त गर्‌यो । दोस्रो कार्यकालको ९ महिना प्राधिकरणमा काम गरिसकेका ज्ञवालीलाई पुनर्निर्माण कस्तो भइरहेको छ? भन्दा ‘चीनसँग तुलना नगर्ने तर भारत, पाकिस्तान र अन्य भूकम्प गएका मुलुकको तुलना गर्दा पुनर्निर्माण कार्यमा हामी पहिलो स्थानमा छौ,’ भने।

Citizen

प्रकाशित : वैशाख १२, २०७६ २०:४९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

अफगानिस्तानमा १७ मारिए

एपी

तालुकान — अफगानिस्तानस्थित ताखरको दासत-ए-कालामा भएको सुरक्षा कारबाहीमा १७ तालिवान लडाकु मारिएका छन् । १३ जना घाइते भएको सेनाले जनाएको छ । मृत्यु भएकामा तालिवानका जिल्ला कमान्डर मवलावी रजाकसमेत रहेका छन् । 

यसैबीच, संयुक्त राष्ट्रसंघले सन् २०१९ को सुरुका तीन महिनाको अवधिमा अफगानिस्तानमा पहिलो पटक तालिवान लडाकु र अन्य आतंककारी समूहको आक्रमणमा भन्दा बढी अमेरिका आबद्ध र सरकारी सेनाको कारबाहीमा परी सर्वसाधारणको ज्यान गएको तथ्यांक सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय र सरकारी सुरक्षाफौजबाट ज्यान गुमाएका अफगानीको संख्या ३ सय ५ पुगेको छ ।

प्रकाशित : वैशाख १२, २०७६ २०:४२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT