कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

पर्यटकको पर्खाईमा गुराँसको राजधानी

आनन्द गौतम

ताप्लेजुङ — वसन्त ऋतुको आगमनसँगै वनजंगलका रुख विरुवाले पालुवा फेर्न थाल्छन् । राष्ट्रिय फूल लालीगुराँस हेरुँहेरुँ हुनेगरी वनै राताम्य भएर फुल्छ । ताप्लेजुङ, तेह्थुम र संखुवासभाको संगमस्थल तीनजुरे, मिल्के जलजले क्षेत्रपनि अहिले त्यस्तै भएको छ ।

पर्यटकको पर्खाईमा गुराँसको राजधानी

ताप्लेजुङ, तेह्थुम र संखुवासभाको संगमस्थल हो तीनजुरे मिल्के जलजले लालिगुँरास क्षेत्र । गुराँसको राजधानीनै मानिने यो क्षेत्रमा २८ प्रजातिका लालिगुँरास पाइन्छ । जबकी नेपालमा ३३ प्रजाति रहेको छ । यस्को अलावा आकर्षक महादेव गुफा, कञ्चनजंघा, मकालु, कुम्भकर्ण जस्ता हिमालपनि पोखरी भित्रै टल्कने गुफा पोखरी, आँखाले भ्याउञ्जेलको रमिता हेर्न मिल्ने रमिते डाँडाँ जस्ता स्थलले पर्यटकलाइ थप भुल्याउँछ र रमाइरहुँ जस्तो बनाउँछ ।

पुसदेखि रातोरातो देखिन थालेको जंगल प्रत्येक नयाँवर्षको सुरुवातमा राताम्मे भइसक्छ । हरेक कोपिलाहरु फक्रिएको हेर्न, त्यसैसँग आफूलाई तुलना गर्दै तस्बिरमा कैद गर्न र रमाउन यहाँ तराईदेखिका पर्यटक आउने गरेका छन् । पर्यटकलाई आनन्दित बनाउन र चाहना पुरा गर्न व्यवसायीले तोङवा सुकुटिजस्ता स्थानीय उत्पादन तयारी अवस्थामा राखेका हुन्छन् ।

प्रकाशित : वैशाख १६, २०७६ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?