२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कांग्रेस सांसद् रिजालले भने, 'सभामुख महोदय यसरी संसद् चल्दैन'

काठमाडौँ — नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले संसदीय मर्यादा कायम नगरेको भन्दै सभामुखको आलोचना गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा संसदीय मूल्य मान्यता र मर्यादाविपरीत सभामुख कृष्णबहादुर महराले सदनको कामकारबाही अघि बढाएको भन्दै सांसद रिजालले आक्रोश पोखे ।

कांग्रेस सांसद् रिजालले भने, 'सभामुख महोदय यसरी संसद् चल्दैन'

कांग्रेसको विरोधबीच सभामुखले सरकारको नीति तथा कार्यक्रमको प्रक्रियालाई अगाडि बढाएका थिए । 'सभामुख महोदय यसरी संसद चल्दैन । यसरी संविधान पालना हुँदैन भन्ने आशंका व्यक्त गरेरै हामीले संशोधन प्रस्ताव दर्ता गरायौं' रिजालले भने, 'संसदको गरिमा हुन्छ । प्रधानमन्त्रीबाट संसदको गरिमा कायम भएन । सभामुखले पनि कायम गर्न सक्नु भएन । दुःखसाथ भन्नुपर्छ । यो भन्दा नराम्रो काम संसदीय अभ्यासमा हुन सक्दैन ।'


सभामुखले प्रधानमन्त्रीको प्रतिष्ठाका लागि संसदलाई कमजोर बनाउने भूमिका निभाएको सांसद रिजालको आरोप थियो । 'सभामुख महोदय संसद्को गरिमालाई यसरी तल नपार्नुस्, कमजोर नबनाउनुस्' उनले भने, 'एउटा व्यक्तिको प्रतिष्ठाका लागि संसद् झुक्नु पर्ने, नागरिक झुक्नु पर्ने । यो लोकतन्त्र होइन । यो संविधानसम्मत होइन ।' उनले सदनमा देखिएको गतिविधिका विषयमा कांग्रेसले आम नागरिकका बीचमा पुर्‍याउने चेतावनी दिए ।


नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी ओलीले संसदीय मर्यादाविपरीतका शब्दावली प्रयोग गरेको कांग्रेसको आरोप छ ।

प्रकाशित : वैशाख २४, २०७६ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?