सडक धुलाम्मे भए पछि बौद्ध–जाेरपाटी खण्डमा अवराेध

तस्बिर : अनिस रेग्मी

काठमाडौँ — बौद्ध-जोरपाटी सडकखण्ड छिटो कालाेपत्रे हुनुपर्ने माग गर्दै व्यापारी र स्थानीय आन्दोलित भएका छन् । बिहीबार बिहानदेखि उनीहरुले सडक अवरुद्ध पारेका छन् । तत्काल सडक कालाेपत्रे गरी धुलाे र हिलाेमुक्त बनाउनुपर्ने उनीहरुकाे माग छ ।

लामो समयदेखि निर्माणाधीन चावहिल–साँखु सडकखण्ड कालोपत्र नहुँदा मारमा परेका बौद्ध व्यापार संघ र स्थानीयवासीले यातायात अवरुद्ध पारेका छन् । पाँच सयको सङ्ख्यामा रहेका स्थानीयवासी तथा व्यापारीले बिहान ८ बजेदेखि गरेका साङ्केतिक विरोध कार्यक्रमका कारण सडक अस्तव्यस्त भएको छ । आन्दोलनमा उत्रिएका स्थानीयवासीको एउटै माग छ- 'चावहिल–साँखु सडकखण्ड तत्काल कालोपत्र गरी धुँवाधुलोबाट मुक्त हुनुपर्‍यो।'

प्रकाशित : वैशाख २६, २०७६ २०:४६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

राहुल गान्धीको नागरिकता सम्बन्धी मुद्दा सर्वोच्चद्वारा खारेज

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतीय राष्ट्रिय कंग्रेस अध्यक्ष राहुल गान्धी बेलायती नागरिक भएको दाबीसहित परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । प्रधानन्यायाधीश रञ्जन गगोईसहितको संयुक्त इजलासले बिहीबार दिल्ली निवासी जय भगवान् गोयल र सिपित्यागीले दायर गरेका रिट खारेज गरेको हो ।


उनीहरुले राहुलसँग भारतीय नागरिकता नभएको दाबी गर्दै लोकसभा चुनावी प्रक्रियामा भाग लिन प्रतिबन्ध लगाइनुपर्ने माग राख्दै रिट हालेका थिए। रिटमा राहुल सञ्चालक रहेको एउटा बेलायती कम्पनीको सन् २००५/०६ को वाषिर्क प्रतिवेदनमा उनी बेलायती नागरिक भएको उल्लेख भएको हुँदा निर्वाचन प्रक्रियामा सहभागी हुन रोक लगाउन माग गरिएको थियो। भारतको संविधानले कुनै पनि विदेशी नागरिकलाई राजनीतिक पार्टीको प्रतिनिधित्व गर्न बन्देज लगाएको छ।

तर सर्वोच्चले आफ्नो कुनै कम्पनीले आफ्नो वाषिर्क प्रतिवेदनले बेलायती भनेको आधारमा नागरिकता लिएको भन्न नमिल्ने प्रश्न गर्दै रिट खारेजको फैसला गरेको हो। प्रधानन्यायाधी गोगई, न्यायाधीशद्वय दीपक गुप्ता र सञ्जीव खन्नाको संयुक्त इजलासको फैसलासँगै राहुलको बेलायती नागरिकतासम्बद्ध विवाद तत्कालका अन्त्य भएको छ।

गतसाता भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता सुब्रमण्यम स्वामीले विभिन्न दस्तावेजसहित दिएको उजुरीको आधारमा गृह मन्त्रायलयले गान्धीसँग पन्ध्र दिनभित्र बेलायती नागरिकता सम्बन्धमा प्रस्ट पार्न आग्रह गर्दै पत्र लेखेको थियो। स्वामीले आफ्नो उजुरीमा गान्धी सन् २००३ मा बेलायतमा दर्ता भएको ब्याकअप्स लिमिटेडको सञ्चालक र सचिव रहेको दाबी गरेका थिए।

गृह मन्त्रालयले पत्र काटेपछि कंग्रेसले पत्रकार सम्मेलन गर्दै सुब्रमण्यमको उजुरी दुराशयपूर्ण भएको बताएको थियो। 'सन् २०१४ मा उठाइएको विषय सर्वोच्च अदालतले यसअघि नै खारेज गरिसकेको हुनाले पछिल्लो कदमले भाजपाको दुर्भावना र पराजित मानसिकता उजागर भएको छ,' पार्टी कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा रन्दीपसिंह सुर्जेवालाले भनेका थिए।

त्यसैगरी, पार्टीकी महासचिव तथा राहुलकी दिदी पि्रयंका गान्धी बाड्राले नागरिकतासम्बन्धी विवाद वाहियात भएको बताएकी थिइन्। भाजपा वरिष्ठ नेता स्वामीले गान्धीको नागरिकतामाथि प्रश्न उठाएको यो पहिलो पटक भने होइन। उनले २०१६ मा गान्धी बेलायती नागरिक भएको भन्दै छानविनको माग गरेका थिए। २०१७ मा उनले फेरि गृहमन्त्रीलाई राहुलको बेलायती नागकिरताबारे छानविन गर्न भन्दै लिखित निवेदन दिएका थिए। त्यसअघि २०१५ मा टवीट गर्दै स्वामीले राहुल इटालियन राहदानीमा विभिन्न मुलुकको भ्रमण गर्ने गरेको आरोप लगाएका थिए।
स्वामीले राहुलको मात्र नभई उनकी आमा सोनिया गान्धीको नागरिकतालाई लिएर पनि विगत लामो समयदेखि प्रश्न उठाउँदै आएका छन्। सन् २००४ को चुनावमा कंग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धनले सरकार बनाउने मौका पाएको थियो। त्यति बेला यूपीए प्रमुखका हैसियतले कंग्रेस अध्यक्ष सोनिया गान्धी प्रधानमन्त्री बन्ने प्रवल सम्भावना थियो।

तर, तत्कालीन जनता पार्टीका अध्यक्ष स्वामीले नै सोनिया इटालीको नागरिक भएको आरोप लगाउँदै राष्ट्रपतिसमक्ष निवेदन दिएका थिए। त्यसलाई लिएर भाजपाले पनि चर्को विरोध गरेको थियो। विवादका कारण सोनिया आफंैले प्रधानमन्त्री नबन्ने घोषणा गरिन् र सबैलाई आश्चर्यमा पार्दै पूर्वअर्थमन्त्री मनमोहन सिंहलाई प्रधानमन्त्रीका रूपमा अगाडि सारिन्। उक्त कदमपछि केही शान्त देखिएका स्वामीले राहुलको नागरिकतालाई लिएर फेरि प्रश्न उठाएका हुन्।

प्रकाशित : वैशाख २६, २०७६ २०:३८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT