कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फेवातालमा डरलाग्दो छाल

दीपक परियार

पोखरा — समुद्री किनारको झल्को दिने गरी आइतबार फेवातालमा डरलाग्दो छाल आएको छ । चर्को हावाहुरीले ल्याएको छालमा ५० बढी यात्रुरहित डुंगा डुबेका छन् । ताल किनारमा पार्किङ गरी राखिएका डुंगा डुबेका हुन् । तालबाराही दर्शन गर्न पुगेका पर्यटक हावाहुरीले एक घण्टासम्म मन्दिरमै रोकिए ।

फेवातालमा डरलाग्दो छाल

बाराहीघाटमा रहेको रेस्क्यु टावरमा रहेका सशस्त्र प्रहरी र डुंगा चालकले उनीहरुको उद्धार गरे । हावाहुरी कम भएपछि डुंगा चालक आफ्ना डुबेका डुंगा निकाल्न खटिए । डुंगा चालक सुन्दर विकले यति धेरै डुंगा डुब्नेगरी पहिलोपल्ट छाल आएको बताए ।

प्रकाशित : वैशाख २९, २०७६ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?