कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

युवतीमाथि एसिड प्रहार : के भन्छिन् आमा ? (भिडियो)

जनकराज सापकोटा

काठमाडौँ — महानगरीय प्रहरी वृत्त कमलपोखरीमा भेट्दा जेनीकी आमा कमला खड्का भावविहल अवस्थामा थिइन् । शब्द पनि घाँटीमै अड्किएजस्तो उनी बोल्नै सकिरहेकी थिइनन् ।अघिल्लो दिनको घटनापछि उनी रातभर अस्पतालमा छोरीलाई रुगेर थप कानूनी प्रक्रियाका लागि बिहीबार बिहानै कमलपोखरी वृत्त आएकी थिइन ।

युवतीमाथि एसिड प्रहार : के भन्छिन् आमा ? (भिडियो)

अनिदो अनुहार र आँखाका डिलभरी आँसु लिएर टोलाईरहेकी उनी धेरैबेरसम्म बोलिनन् । कान्तिपुरको अनुरोधमा उनले आफैँलाई सम्हाल्दै आक्रोश पोखिन, 'बोलेर मात्रै के होला र ? खै निर्मला पन्तले न्याय पाएको । त्यस्तै त होला ?' यति भनेपछि उनी धेरैबेर रोकिइन अनि आफैँलाई सम्हाल्दै भनिन, 'नहुने कुरा त भइसक्यो । मलाई न्याय चाहियो । दोषीलाई यस्तो कारबाही होस, भोलीका दिनमा मेरो छोरीलाई जस्तो कसैलाई नपरोस् ।'


कानूनी प्रक्रिया सकिएपछि उनले घटघटी चिसो पानी पिईन् । आफँैभित्रको छटपटीलाई शान्त पारेझै भइन् र घटनाबारे सुनाईन् । बुधबार घटना हुँदा उनी बालुवाटारस्थित एक घरमा काम गर्दै थिईन् । श्रीमानको मृत्युपछि सुत्केरी स्यार्हने र घरयासी काम गर्दै सानी छोरी र जेनीलाई स्यार्हदै आएकी तीन छोरीकी आमाले भनिन,'हुर्रिदै घर आएपछि त मेरो होसै हरायो ।' उनले कलिलैमा छोरीलाई विष्णुले मायाजालमा फसाएको सुनाईन् । उनका अनुसार बिहेपछि पनि उसले अत्याधिक मदिरा सेवन गथ्र्यो र छोरीमाथि कुटपिट गथ्र्यो । बिहेपछि केही समय विष्णु र जेनी ओखलढुंगामा पनि बसेका थिए । त्यहाँ छँदा पनि मदिरा सेवन गर्ने र कुट्ने गरेपछि विष्णु प्रहरी नियन्त्रणमा पनि बस्दै छुट्दै गरेका थिए ।

कमलाले घटनापछि आफूसँग उपचार गर्ने खर्च पनि नभएको सुनाईन् । काम गर्ने घरकाले केही रकम दिए, केही हजार सापटी खोजे, उनले सुनाईन, 'हिजैमात्र आठ हजार खर्च भयो । अरु पैसा कहाँ खोज्ने । न माइतीतिर दिन सक्ने अवस्था छ न घरमै खर्चने आधार छ ।'


यति भनेपछि उनी धेरबेर बोलिनन् । आँखाको डिलमा छचल्किएको आँसु हर्थुङ्गोले पुछिन् र भनिन्, 'विष्णु नाम भएर के गर्नु राक्षसको जस्तो व्यवहार देखाएपछि । त्यसको नाम कहिल्यै सुन्न नपारोस् । जसरी हुन्छ मलाई न्याय चाहियो ।' घटनापछि जेनीको छोरालाई पुष्पा बस्नेतको प्रारम्भिक बाल विकास केन्द्रमा राख्ने व्यवस्था मिलाइएको छ ।

यो पनि पढ्नुहोस्ः

एसिडपीडित युवतीकाे अवस्था गम्भीर

प्रकाशित : जेष्ठ २, २०७६ २१:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?