विधेयकको विरोधमा रोए पत्रकार (भिडियो)

विराटनगर — प्रेस स्वतन्त्रता प्रभावित हुने गरी सरकारले ल्याउन लागेको मिडिया काउन्सिल सम्बन्धी विधेयकको विरोधमा मोरङका पत्रकारहरुले आइतबार जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरे ।

विधेयकको विरोधमा रोए पत्रकार (भिडियो)

उक्त विधेयकका कारण श्रमजीवी पत्रकारहरु मर्कामा पर्ने भन्दै पत्रकारहरुले सांकेतिक विरोधस्वरुप सामूहिक रुपमा रोएको अभिनय गरेका थिए ।


प्रेस युनियन मोरङले आयोजना गरेको कार्यक्रममा सहभागी सञ्चारकर्मीहरुले सरकारले ल्याउन लागेको विधेयक प्रेस स्वतन्त्रता विरोध भएको भन्दै तत्काल फिर्ता लिन माग गरे ।


उक्त विधेयक मन्त्रिपरिषदबाट पारित भएर संघीय संसदमा दर्ता भएको छ । सरकारले प्रेस काउन्सिलको सट्टा सरकारबाट नियन्त्रित मिडिया काउन्सिल बनाउन खोजेको आरोप लाग्दै आएको छ । उक्त विधेयकका प्रावधान प्रेस स्वतन्त्रता हनन गर्ने खालको भएको भन्दै सञ्चार क्षेत्र लगायतबाट विरोध भइरहेको छ ।


विधेयकमा समाचारले कसैको मर्यादा र प्रतिष्ठामा ‘आँच पुर्‍याएको देखिए’ पत्रकारलाई १० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रावधान समेटिएको छ । विधेयकका कारण स्वतन्त्र पत्रकारितामा अंकुश लाग्ने भन्दै फिर्ता लिन माग हुँदै आएको छ ।


विधेयकको विरोधमा नेपाल पत्रकार महासंघले पनि देशव्यापी आन्दोलन गर्दै आएको छ । महासंघले संघीय संसदका सभामुख, राष्ट्रियसभा अध्यक्षगायतलार्य ज्ञापनपत्र बुझाइसकेको छ । यसैगरी कालो पट्टी बाँधेर काम गर्ने, सञ्चार सामग्रीसहित प्रदर्शन गर्नेलगायतका कार्यक्रम महासंघले गरिरहेको छ ।

प्रकाशित : जेष्ठ ५, २०७६ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?