कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

यसरी लुटियो इमाडोलको मनि ट्रान्सफर

जनकराज सापकोटा

ललितपुर — घटना जेठ तीन गतेको हो । इमाडोलमा कार्यलय रहेको मनी ट्रान्सफरको कारोवार गर्ने असल इन्भेष्टमेन्ट प्रालिका सञ्चालक सुरेशराज शर्मा सटर खोलेर भित्र मात्रै के छिरेका थिए, दुई युवा पनि पछिपछि छिरिहाले ।

यसरी लुटियो इमाडोलको मनि ट्रान्सफर

दुई मध्ये एकको हातमा खुकुरी थियो । एकजनाले उनलाई सोफामा धकेलेर लडाए, खुट्टा र हात बाँधे अनि अर्कोले हातमा खुकुरी नचाउँदै झोला र ड्र्यरमा रहेका पैसा निकाले ।


पैसा निकालिसक्दा अर्का एकजनाले सुरेशको मुख र आँखामा समेत पट्टी बाध्न भ्याइसकेका थिए । कान्तिपुरलाई प्राप्त घटनाको सिसिटिभी फुटेज हेर्दा सुरेशलाई लडाएर पैसा निकालेपछि उनीहरु बाहिरिएको देखिन्छ ।


प्रहरीका अनुसार डकैत समूहले मनी ट्रान्सफरबाट एक लाख रुपैयाँ लुटेका छन् । महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी गौतम मिश्रका अनुसार घटनामा संग्लनको खोजी जारी भइरहेको बताए । उनका अनुसार शंकास्पद केही पक्राउ गरेपनि उनीहरुको संग्लनता नखुलेका कारण छोडिएको छ । उनले भने, 'खोजी कार्य तीव्र पारेका छौं ।'

प्रकाशित : जेष्ठ ६, २०७६ १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?