कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

पाँचथर हत्या काण्ड : विभत्स हत्यापछि गाउँले शोकाकुल

पाँचथर हत्या काण्ड

विराटनगर — पाँचथरको दक्षिण पश्चिमी गाउँ मिक्लाजुङ गाउँपालिकामा ९ जनाको हत्या भएको घटनामा संलग्न रहेको भनी आशंका गरिएका व्यक्ति मृत भेटिएका छन् । घटनास्थलभन्दा करिब डेढ घण्टा पैदल दुरीको लिम्बा गाउँमा उनी झुन्डिएको अवस्थामा फेला परेका हुन्।

पाँचथर हत्या काण्ड : विभत्स हत्यापछि गाउँले शोकाकुल

स्थानीय बासिन्दासँगको कुराकानी र घटनास्थल अवलोकनपछि प्रहरीले हत्यामा संलग्न रहेको शङ्का गरेका व्यक्ति मानबहादुर माखिम झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

मानबहादुर हत्या गरिएको परिवारका कान्छा ज्वाइँ हुन्। उनको श्रीमतीसँग सम्बन्ध राम्रो नभएको र झगडा भइरहने गरेकाले सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको थियो। बेमेल भएपछि श्रीमती माइत बस्दै आएकी थिइन्।


प्रदेश १ प्रहरी प्रमुख डिआईजी केदार रिजालका अनुसार घटनाको प्रकृतिका आधारमा शङ्का गरिएका व्यक्ति झुन्डिएको अवस्थामा फेला परेका छन्। बाँच्न सफल १२ वर्षीया सीता खजुमले घटनाका बेला एक जना मात्र व्यक्ति देखेको प्रहरीलाई बताएकी छन्। घटनास्थलमा कुनै हतियार फेला परेको छैन।


घटनास्थल मिक्लाजुङ ३ आरुबोटेभन्दा केही टाढा रहेको वडा ७ लिम्बा भन्ने स्थानको एक रुखमा मानबहादुर झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटना भएका दुवै घर सिल गरी प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।


पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीका अनुसार घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको छ। आफूसहितको टोली पनि घटनास्थलतर्फ गइरहेको उनले बताए। घटनास्थल पाँचथर सदरमुकाम फिदिमभन्दा करिब ६० किलोमिटर टाढा पर्छ।


पाँचथरका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरका अनुसार दशमी र राँकेस्थित प्रहरी चौकीबाट टोली घटनास्थल पुगिसकेको छ।

प्रदेश १ प्रहरी कार्यालयले पाँचथर हत्याकाण्डको अनुसन्धान गर्नका लागि प्रहरीको विभिन्न विभागको टोली परिचालन गरेको जनाएको छ ।अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश १ प्रहरी कार्यालयको अनुसन्धान समूह, धरानस्थित संघीय प्रहरी इकाइबाट वरिष्ठ प्रहरी उपरीक्षकसहितको टोली सक्रिय बनाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले बताएको छ । अनुसन्धानका लागि तालिम प्राप्त कुकुर पनि प्रयोग गरिएको कार्यालयले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्ः

प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?