कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यसरी निकालियो कञ्चनजंघाबाट शव

आनन्द गौतम

ताप्लेजुङ — विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघा आरोहणको क्रममा मृत्यु भएका दुई आरोहीको शव निकालिएको छ । 
चौथो आधार शिविरमा मृत्यु भएका भारतीय नागरिक ४८ वर्षीय विप्लव वैद्य र ४६ वर्षीय कुन्तल करारको शव हेलिकप्टरबाट काठमाडौं लगिएको हो । 

यसरी निकालियो कञ्चनजंघाबाट शव

उनीहरुको शव दोस्रो शिविरसम्म शेर्पाले झारेका थिए । त्यहाँबाट हेलिकप्टरमा राखेर सुकेटार विमानस्थल हुँदै काठमाडौं लगिएको हो । पीक प्रमोशन प्रालिबाट आरोहणमा गएकामध्ये दुई जनाको मृत्यु भएको थियो भने दक्षिण अमेरिकी मुलुक चिलीका रोड्रिगो भिभ्याञ्चो हराइरहेका छन् । उनलाई यो सिजनमा भेट्ने सम्भावना कम रहेको मिङ्मा शेर्पाले बताए ।

आरोहणका क्रममा बिरामी परेका दुई भारतीय र एक जर्मनीको काठमाडौंमा उपचार भइरहेको छ । उनीहरुलाई हेलिकप्टरबाट तत्काल उद्धार गरिएको थियो । ८ हजार ५ सय ८६ मिटर उचाइको कञ्चनजंघामा यो सिजनमा ३४ जनाले आरोहण अनुमति लिएका थिए । अरुको सफल आरोहण भएको कम्पनीहरुले बताएका छन् ।


प्रकाशित : जेष्ठ १०, २०७६ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?