कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोखरामा यसरी बगाउँछन् भलमा फोहोर

दीपक परियार

पोखरा — पोखरामा आजकल दिउँसो ३ बज्नै हुन्न, पानी परिहाल्छ । आकाशमा कालो बादल मडारिएर सहर अन्धकार हुन्छ । बेजोडले हावाहुरी चल्दै असिनापानी बर्सिन्छ । असिनापानीले तरकारी बाली नष्ट गर्छ नै, पोखराका सडकमा भेल बगेर हिड्डुलमै अप्ठेरो हुन्छ । 

पोखरामा यसरी बगाउँछन् भलमा फोहोर

केही स्थानीय भने त्यही भलको मौका छोप्छन् । पानी कम हुँदै गएपछि छतमा निस्कन्छन् । बोराका बोरा फोहोर बाटोमा मिल्क्याउँछन् । फोहोर बग्दै बग्दै तल तल जान्छ । अलि तल पुगेपछि फेवातालमा मिसिन्छ । ठूलो पानी परेपनि नजम्ने पोखराको विशेषता हो । पानी परेपछि भलले बाटो सर्लक्क पखाल्छ । महेन्द्रपुलबाट बगाएको फोहोर ड्यामसाइडसम्म पुग्छ ।


पोखराको सिमलचौर चालिसेचोकमा सोमबार यस्तै दृश्य देखियो । छतबाट स्थानीयले भेल आएको मौका पारेर फोहर फाले।

प्रकाशित : जेष्ठ १३, २०७६ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?