कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

फोहोरले भरिएको खुम्बु क्षेत्र (भिडियो)

सगरमाथा सफाइ अभियानक्रममा १० हजार ८ सय २४ किलोग्राम फोहोर संकलन

नाम्चे — सगरमाथा सफाइ अभियानक्रममा १० हजार ८ सय २४ किलोग्राम फोहोर संकलन भएको छ । वर्षौंदेखि सगरमाथा क्षेत्रमा अडकिएका ४ वटा शव पनि झिकिएको छ । वैशाख १ देखि सुरु अभियान सुरु गरिएको थियो । अभियानको सोमबार उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले समापन गरे ।

फोहोरले भरिएको खुम्बु क्षेत्र (भिडियो)

संकलित फोहोर धेरैजसो स्थानीयस्तरमै व्यवस्थापन गरिएको छ भने केही काठमाडौं र अन्य जिल्ला पठाइएको छ । फोहोरलाई विभिन्न भागमा वर्गीकरण गरी व्यवस्थापन गरिएको सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय नाम्चेले जनाएको छ ।

स्थानीयस्तरमा व्यवस्थापन गर्न सकिने वस्तुलाई नाम्चे क्षेत्रमै, कुहिने वस्तुसहितको फोहोरलाई ओखलढुंगामा र नकुहिने क्यान, सिसाको बोतललगायतलाई काठमाडौं पठाइएको नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले जानकारी दिए।

उनका अनुसार काठमाडौं र ओखलढुंगामा सेनाको हेलिकप्टरमार्फत हजार/हजार किलो फोहोर पठाइएको हो । चारवटा शव यसअघि नै काठमाडौं लगिसकिएको छ ।

काठमाडौं लगिएको फोहोर प्रदर्शनीमा राखेर ‘ब्ल्यु वेस्ट टु भ्यालु’ नामक फोहोर व्यवस्थापन संस्थालाई हस्तान्तरण गरिने लामाले बताए । उनका अनुसार १२ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा खुम्बु क्षेत्रको लुक्लादेखि स्याङबोचे क्षेत्रमा संकलित फोहोर काठमाडौं पठाइएको हो । पहिलो चरणको फोहोरसमेत सेनाले सोही संस्थालाई जिम्मा दिएको छ ।

प्रकाशित : जेष्ठ १४, २०७६ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?