'सिद्धी' प्राप्त गर्ने अन्धविश्वासमा छिमेकी बालककाे 'बलि'

कान्तिपुर संवाददाता

काठमाडौँ — धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा 'शक्तिशाली' हुने अन्धविश्वासले अढाई वर्षीय बालककाे बलि दिएकाे खुलेकाे छ । ढल्केवरका शम्भु साहका छोरा आर्यनको शव वैशाख २४ को बिहान घरनजिकैको बाँसघारीमा भेटिएको थियो । उक्त शव बलि दिएर फालेकाे प्रहरी अनुसन्धानमा पुष्टि भएकाे हाे ।

मृतक बालककी आमा रेणुदेवी साह घाँस काट्न गएका बेला घरकाे ढाेकामै खेलिरहेका बालकलाई ५५ वर्षीय छिमेकी शत्रुधन महताेले ललाई फकाई अपहरण गरी बन्धक बनाएर राति २ बजे हत्या गरेकाे प्रहरी अनुसन्धानमा खुलेकाे जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले बताए।

प्रकाशित : जेष्ठ १६, २०७६ १४:२०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मोदीको शपथ ग्रहणमा भाग लिन ओली भारत प्रस्थान

उद्योगी विनोद चौधरीलाई पनि सपथ ग्रहणमा भाग लिन निम्तो
कान्तिपुर संवाददाता

काठमाडौँ — भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन नेपालका समकक्षी केपी शर्मा ओली बिहीबार नयाँदिल्ली प्रस्थान गरेका छन् । मोदीले शपथ ग्रहण समारोहमा निम्ता दिएलगत्तै प्रधानमन्त्री ओलीले औपचारिक भ्रमणमा जान स्वीकार गरेका थिए ।

परराष्ट्र मन्त्रालयका अनुसार ओली शुक्रबार नेपाल फिर्नेछन्। नयाँदिल्लीमा रहँदा ओलीले भारतका उच्चस्तरका नेता तथा अधिकारीहरूसित भेटवार्तासमेत गर्ने जानकारी परराष्ट्र स्रोतले दिएको छ।

मोदीको अघिल्लो कार्यकालको शपथग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए।

व्यापारी चाैधरीलाई पनि निम्तो
नव निर्वाचित भारतीय प्रधानमन्त्रीको सपथ ग्रहण कार्यक्रममा भाग लिनका लागि नेपाली व्यापारी तथा उद्योगी विनोद चौधरीलाई पनि औपचारिक निमन्त्रणा पठाइएको छ।
फाइल तस्बिर।

चौधरी पनि मोदीको शपथ ग्रहणमा भाग लिनका लागि दिल्ली प्रस्थान गरेका छन्।

सन् २०१४ मा मोदीको पहिलो प्रधानमन्त्री कार्यकालका लागि सपथ ग्रहण समारोहमा पनि चौधरीलाई निमन्त्रणा गरिएको थियो।

प्रकाशित : जेष्ठ १६, २०७६ १४:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT