पतीवियोगपछी सगरमाथा चुम्दा  

कान्तिपुर संवाददाता

काठमाडौँ — सगरमाथा आधार शिविरमा पर्यटककालागि बाटो बनाइरहेका पति गुमाएका खुम्बुस्थित खुम्जुंगकी र्फुदिकी शेर्पा, ४२ र निमा डोमा शेर्पा, ३५ ले जेठ ९ गते विश्वकै अग्लो चुचुरोमा पाइला टेकेका हुन् । 

उनीहरु ‘बक्खु लगाएर चुचुरोमा पुगेका थिए। त्यो आफैंमा एउटा रेकर्ड हो।

र्फुदिकीका पति मिङमाको सगरमाथा आधार शिविरमाथि हिमखाडलमा भासिएर ०६९ चैत २५ गते ३७ वर्षकै उमेरमा निधन भएको थियो।

निमाडोमाका ३३ वर्षीय पति छिरिङ वाङछुको ०७१ बैसाख ५ गतेका दिन हिमपहिरोमा परेर ३३ वर्षकै उमेरमा निधन भएको थिए।

एक वर्षको अन्तरमा पती गुमाएका यी दुबै महिला खुम्जुंगमै बाल्यकलाका साथी थिए।

उनीहरु चैत २९ मा काठमाडौंबाट सर्र्वोच्च शिखर चढ्न लुक्लातर्फ उडेका थिए।




प्रकाशित : जेष्ठ २७, २०७६ २२:००
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

यातायात मन्त्रीको गाडी खोलामा डुब्यो ! 

प्रतीक्षा काफ्ले

(स्याङ्जा) — स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका ३ स्थित दरौखोलामा निर्माण गरिने मोटरेबल पुलको शिलन्यास गर्न स्याङ्जा आएका भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको गाडी दरौ खोलामा भासिएको थियो ।

पुलको शिलन्यासपश्चात पोखरा फर्किने क्रममा नदी तर्दै गर्दा गाडीभासिएको हो । बा २ झ ४०२९ नम्बरको कालो रंगको गाडी पल्टिएपश्चात स्थानीय, नेकपाका जिल्ला नेता तथा सुरक्षाकर्मीले उठाएका थिए ।

खोलामा पल्टिएका मन्त्रीलाई पनि सुरक्षाकर्मीले गाडीबाट निकालेका थिए । मन्त्रीलगायत गाडीमा सवार सवैजना पानीका रजेको स्थानीयले बताएका छन् । गाडीमा सवार मन्त्रीसहित दुईजना सुरक्षाकर्मी, चालक र अन्य एकजना स्थानीय नेता रहेको बताइएको छ । उनीहरुलाई सामान्य चोट लागेको छ । गाडीलाई जेसिबीको सहायताले खोला बाहिर ल्याइएको थियो ।


प्रकाशित : जेष्ठ २७, २०७६ २१:१४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT